मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग

Ujyalosandeshonline 11768+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

भैरहवा । इन्धन तथा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग धराशयी भएको भन्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले सरकारसँग निर्माण क्षेत्रमा तत्काल ‘आपतकाल’ घोषणा गर्न माग गरेको छ । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष प्रितम रौनियारले मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य बढेको र बजारमा बिटुमिन, सिमेन्ट तथा डण्डी लगायतका सामग्रीको अभावसँगै मूल्यवृद्धि हुँदा निर्माण कार्य अगाडि बढाउन नसकिने अवस्था आएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउँदै संघले क्रसर उद्योगका समस्याले गर्दा समेत आयोजनाहरू प्रभावित भएको उल्लेख गरेको छ । निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठले नेपाल राष्ट्र बैंकको मूल्य सूचकाङ्क व्यावहारिक नभएको र बजार भाउ बढ्दा पनि इन्डेक्समा घटेको देखिने त्रुटिका कारण व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो । सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै संघले हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन असम्भव रहेकाले तत्काल ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ जारी गर्न र सबै ठेक्कामा म्याद थपको व्यवस्था गर्न आग्रह गरेको छ ।

यसैगरी बुटवल शाखाका अध्यक्ष बुद्धिराज थापाले सरकारको बेवास्ताका कारण व्यवसायीहरू ऋणमा डुब्ने अवस्था सिर्जना भएको बताउँदै लागत अनुसारको भुक्तानी र व्यावहारिक समाधान नभए समग्र निर्माण क्षेत्र नै बन्द हुने चेतावनी दिनुभयो । निर्माण कार्यको मुख्य सिजनमै सामग्रीको अभाव र महँगीले गर्दा आयोजनाहरू ठप्प हुने स्थितिमा पुगेकाले सरकारले तत्काल राहत प्याकेज ल्याउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार