मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

‘कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’

Ujyalosandeshonline 11768+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी रहेको बताएका छन् । काठमाडौंमा आयोजित  दिगो ग्रामीण विकासका लागि विकास संघ(आफा) को क्षेत्रिय कार्यशाला तथा ११औं साधारणसभामा बोल्दै मन्त्री अधिकारीले किसानको प्रतिनिधित्व गर्ने किसानहरुले, कृषकका मर्म  बुझेकाहरुले आवश्यक पहल गर्नुपर्ने बताएका हुन् ।

उनले  भने, ‘कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी छ । किसानको प्रतिनिधित्व गर्नुुहुने किसानहरुले, कृषकका मर्म बुझ्नुभएकाहरुले उहाँहरुले यसको लागि आवश्यक पहल गर्ने बेला भएको छ ।’ साथै उनले किसानको उन्नती हुन्न नहुञ्जे देशको प्रगति नहुने बताए । उनले सरकारले नेपालमा रहेका भूमिहिन, अव्यवस्थित, किसानहरुलाई व्यवस्थित गर्न लागेको बताए  ।

उनले  भने, ‘जबसम्म किसानको उन्नती हुन्न,  जबसम्म कृषकहरुलाई अगुवा बनाउँदैनौं तबसम्म देशको प्रगति हुन सक्दैन । कतिपय मुलुकहरुमा त्यस्तो नहोला, आम रुपमा । त्यो पनि एसियाका देशहरु कृषि मै आधारित छौं । कृषकहरुमा एकआपसमा सम्बन्ध जोडिएको हुन्छ । हामी यहाँका उत्पादनहरु अन्यत्र लान्छौं, अन्यत्रका यहाँ ल्याउँछौं । एक आपसमा हामी त्यो हिसाबले पनि हामी सम्बन्धित छौं ।

अहिले नेपाल सरकारले जनतालाई आधारभुत रुपमा खाद्य सम्प्राभुद्धा अथवा खाद्य अधिकारको ग्यारेन्टी गरेको छ । संविधानमा उल्लेख नियमहरुको कार्यान्वयनको निम्ति काम गरिरहेको छ । सरकारले नेपालमा रहेका भूमिहिन, अव्यवस्थित, किसानहरुलाई व्यवस्थित गर्न लागेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार