मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

धनुषाधामको एतिहासिक धनुष मन्दिरलाई ट्रस्टमा लैजाने प्रक्रिया अघि बढ्दै

Ujyalosandeshonline 11768+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

धनुषा । धनुषाको ऐतिहासिक तथा धार्मिक स्थल धनुष मन्दिरलाई ट्रस्टमा लैजाने प्रक्रिया अघि बढाउन धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले निर्देशन दिएका छन् । मकर मेला समितिले आयोजना गरेको धनुष मन्दिर व्यवस्थापन सम्बन्धी विशेष भेलामा बोल्दै मेयर मण्डलले वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरूलाई सो प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।

समुदायबाट मन्दिरको व्यवस्थापन ट्रस्टमार्फत गर्नुपर्ने माग उठेपछि मेयर मण्डलले आफू समुदायको इच्छाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताए । साथै, मन्दिरका पूजारी भरत बाबाको व्यवस्थापन, मन्दिर परिसरको सुरक्षा र सरसफाइलाई समेत प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।

धनुष मन्दिरको सुरक्षाका लागि हालै सिसीटीभी क्यामेरा तथा लाइट जडान गरिसकिएको छ भने, थप सुरक्षाका लागि नगर प्रहरी र सरसफाइ कर्मचारीको व्यवस्था गरिने भएको छ । धनुषाधाम नगरपालिकाले बजार तथा मकर मेलाको व्यवस्थापनका लागि तीन देखि पाँच वर्ष सम्मका लागि ठेक्कामा लगाउने योजना अघि सारेको छ ।

धनुष मन्दिर व्यवस्थापनसम्बन्धी भेलामा नगरपालिकाका उपमेयर विद्या देवी भुजेल, वडा नं। ३ का अध्यक्ष जयनारायण यादव, वडा नं। २ का अध्यक्ष लक्ष्मी साह, वडा नं। ५ का अध्यक्ष इन्द्रकुमार महतो, माओवादी नगर अध्यक्ष विश्णी यादव, जसपा नेपालका नगर अध्यक्ष बिनोद भरखेर यादव, अभियानी प्रमोद कुमार यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, व्यापारी, तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार