मुख्य समाचार
नेपालबाट तस्कर गरी भारत पुर्‍याइएको ७२ बोरा चाइनिज लसुन एसएसबीद्वारा बरामद | बढ्दैछ महोत्तरीमा कोदोखेती | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | सरकारलाई विपक्षी दलको सन्देशः ‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’ | उद्योगमन्त्री यादवद्वारा राजीनामा | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु | तरकारीको विषादी परीक्षण बढाइँदै | भोटेकोशी बाढी प्रभावित नुवाकोटको देवीघाटमा सेनाद्वारा एक्रो ब्रिज जडान सम्पन्न | चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार |

सीमा क्षेत्रका समस्या र पर्यटन प्रवर्द्धनका लागि नेपाल–भारतका पत्रकार मैदानमा

Ujyalosandeshonline 12280+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

भैरहवा । नेपाल र भारतका पत्रकारबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले साउन १० गते आइतबार भैरहवामा 'नेपाल–भारत मिडिया कप क्रिकेट प्रतियोगिता–२०८३' हुने भएको छ ।लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजना र रुपन्देही क्रिकेट संघको सह–आयोजनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।

शनिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी क्लबका अध्यक्ष कमल रायमाझीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । नेपाल–भारत मिडिया कपको यो तेस्रो संस्करण हो भने नेपालमा हुन लागेको यो दोस्रो संस्करण हो। खेलकुदमार्फत दुई देशका पत्रकारबीच मित्रता, भाइचारा अभिवृद्धि गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा अतिथि तथा दर्शक गरी करिब एक हजारजनाको सहभागिता रहने अपेक्षा गरिएको छ। मुख्य आकर्षणका रूपमा नेपाल र भारतका पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट खेल हुनेछ भने उद्घाटन समारोह, पुरस्कार तथा ट्रफी वितरण, विशिष्ट व्यक्तित्व सम्मान र सीमावर्ती क्षेत्रका साझा विषयमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ।

लुम्बिनी प्रेस क्लब र भारतको महराजगञ्ज प्रेस क्लबबीचको सम्बन्धलाई अझ विस्तार गर्दै सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापार, लागूऔषध ओसारपसार र अपराधविरुद्ध जनचेतना जगाउन सञ्चारकर्मीबीचको सहकार्यलाई यो प्रतियोगिताले टेवा पुर्याउने विश्वास लिइएको छ। करिब आठ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न विभिन्न निकायबाट आर्थिक तथा संस्थागत सहयोगको अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, प्रेस क्लब अफ महाराजगञ्ज भारतका अध्यक्ष अमित त्रिपाठी, लुम्बिनी प्रेस क्लबका उपाध्यक्षद्वय दीपेन्द्र बडुवाल र दीपक घिमिरेलगायतले प्रतियोगिताको सफलता र दुई देशबीचको सम्बन्ध विस्तारबारे आ–आफ्नो धारणा राख्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार