मुख्य समाचार
ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक |

अर्घाखाँची अस्पतालमा उपचार गराउने सङ्ख्यामा बृद्धि

अनिल नेपाली 141+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

अर्घाखाँची ।अर्घाखाँची अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । केही समय पहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनाको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन्  दैनिक एक सयदेखि १५० जनासम्म ओपिडीमा उपचारका लागि आउने गरेकामा अहिले बढेर दैनिक तीन सयभन्दा बढी पुगेको अस्पतालका प्रमुख  डा जगन्नाथ तिवारीले बताए ।

तिवारीका अनुसार अस्पतालमा बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी तथा दीर्घ रोगी दम सुगर प्रेसर लगायतका बिरामी उपचारका लागि आउने गरेका छन् । ओपिडीमा मात्र नभएर इमर्जेन्सीका बिरामी पनि बढेका छन् । अस्पतालमा भर्ना भएर उपचार गराउनेकोे सङ्ख्या पनि बढेको छ ।

अस्पतालमा सिएस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा मुटुकाे भिडियो एक्सरे पनि विगत ३ महिना देखि सञ्चालनमा रहेको र आगामी दिनमा डाईलाेसिस सेवा लगायतका थप सेवा अस्पतालमा सञ्चालन गर्ने कार्यक्रम रहेको  अस्पतालमा प्रमुख डा जगनाथ तिवारीले बताए  ।

अस्पतालमा जटिल प्रकृतिका प्रसूतिलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ । शल्यक्रियाकै लागि बुटबल जानुपर्ने बाध्यता हटेपछि स्थानीयवासी पनि खुसी भएका छन् । दुई एमडिजिपी, एक विशेषज्ञ र पाँच मेडिकल अफिसरबाट सेवा पुनः सञ्चालन गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीको भनाइ थियो । अत्याधुनिक उपकरणबाट अधिकांश रोगको जाँच गरिने ल्याब सेवा सञ्चालन गरिएको छ ।

थाइराइड, फङ्गसन टेस्टदेखि लिएर सबै प्रकारका बायोकेमेस्टिक टेस्ट, डिजिटल एक्स–रे, डप्लर अल्ट्रासाउन्ड सेवा, फिजियोथेरापी सेवालगायत सेवा नियमित सञ्चालन भएका छन् । दैनिक ५०/६० वटासम्म अल्ट्रासाउन्ड हुने गरेको छ । अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि सोही अस्पतालमा हुने गरेको छ ।

सिएस सेवा सञ्चालन गर्दा जिल्लामा ब्लड बैंक नभएर समस्या हुने तर शल्यक्रिया गर्नुभन्दा पहिला ब्लड दिने व्यक्तिलाई राखेर शल्यक्रिया गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीले जानकारी दिए। अहिलेको सङ्ख्याभन्दा पनि बिरामीको चाप बढ्न सक्नेछ । गर्मी याम सुरु भएकाले बिरामीको चाप थप बढ्न सक्ने अनुमान गरिएकाे  डा  तिवारीकाे भनाइ छ।

प्रतिक्रिया

Shiva Raj Paudel ८ चैत्र २०८१, शनिबार

Great 👍 job

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार