मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

एक बर्षभित्र सवारी कर र नामसारी घरबाटै गर्न सकिने

Ujyalosandeshonline 11308+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार

काठमाडौं । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश यातायात कार्यालयको डिजिटलाइजेसनका लागि काम अघि बढाइरहेको बताएका छन् । 

आइतबार ‘दुर्घटना न्यूनीकरण सवारी नियम र यात्रुप्रति हाम्रो दायित्व’ विषयक अभमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले एक वर्षभित्रै सवारी नामसारी र कर तिर्ने प्रयोजनका लागि कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । 

उनले भने, ‘अब हामी नीजि सवारी साधनको कर पनि अनलाइनबाटै तिर्ने बनाइरहेका छौं । हामीले यातायात कार्यालयको डिजिटलाइजेसन गर्नका लागि काम अगाडि बढाइसकेका छौं । सम्भवतः एक वर्षभित्र सवारी नामसारी गर्ने र कर तिर्ने प्रयोजनको लागि कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्छौ । यसो गर्दा यातायात सेवा सजिलो र व्यवस्थित हुँदै जानेछ ।’

सवारी चालकले कहिल्यै पनि दुर्घटना होस भन्ने नचाहँदा नचाहँदै हुने गरेको उल्लेख गर्दै मन्त्री लम्सालले दुर्घटना न्यूनीकरणका लागि सबै पक्षले कर्तव्य पालनामा कडाइ गर्नुपर्ने बताए । 

उनले यात्रा गर्दा सवारी चालक र सहचालकबाट दुव्र्यवहार भएको भनि गुनासो गर्नेहरु बढिरहेको भन्दै यातायात सेवासँग सरोकार राख्ने सबै पक्ष सचेत हुनुपर्ने बताए । 

उनले भने, ‘अर्को कुरा बसमा सवार गर्दैगर्दा मान्छेहरु दुव्र्यवहार भएको भन्दै व्यक्तिगत रुपमा गुनासा लिएर आउनुहुन्छ ।  सवारी चालकले पनि ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको भन्दै गुनासो गर्छ । समस्या एक ठाउँमा मात्र छैन । यसलाई साँझा रुपले समाधान गर्नुपर्दछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार