मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कर्मचारीले जुटाए गरिव घर परिवारका बिरामीलाई सहयोग

Ujyalosandeshonline 11768+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

मुगु । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले जिल्लाका विपन्न घर परिवारका बिरामीलाई राहतस्वरुप रकम सहयोग गरेको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति मुगुले एक लाखसम्म रकम संकलन गरी विपन्न घर परिवारका जटिल रोगका बिरामीलाई राहत रकम सहयोग गरेको हो ।

‘सामाजिक कार्यमा हाम्रो सहभागिता’ भन्ने उद्देश्यका साथ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले रकम संकलन गरी विपन्न गरिब घरपरिवारका पाँच जना जटिल रोगका बिरामीहरुलाई संकलित रकम सहयोग गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुका अध्यक्ष सोनाम तोर्चे लामाले जानकारी दिए ।

मनकारी कर्मचारीबाट एक लाख रकम संकलन गरेको र त्यही रकममध्येबाट जटिल रोगका बिरामी मुगुम कार्मारोङ गाउँपालिका–५ सरोग गाउँका उर्गिन टोमा लामालाई १५ हजार, छायाँनाथ रारा नगरपालिका १३ लुमका बिग्नेश खड्कालाई २२ हजार, सोरु गाउँपालिका तीन भिई गाउँका अशोकलाल बुमीलाई २२ हजार, सोरु गाउँपालिका–४ लिब्रु गाउँका दानबहादुर बुढालाई १५ हजार र सोरु गाउँपालिका ९ खनाय गाउँका अभिराज शाहीलाई २२ हजारका दरले रकम सहयोग गरेको अध्यक्ष लामाले बताए ।

मानसिक समस्या, क्यान्सरलगायत जटिल रोगका बिरामीहरु आर्थिक अभावमा रोग पालेर बस्न बाध्य भएका छन् । त्यस्ता जटिल दीर्घरोगीलाई मलमपट्टी होस् र केही उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले मनकारी कर्मचारीहरुबाट रकम संकलन गरी विपन्न गरिब जटिल रोगको शिकार भएकाहरुलाई सहयोग गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार