मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

अर्घाखाँचीको शितगगा नगरपालिकाले ल्यायो ९३ करोड ६७ लाखको बजेट

अनिल नेपाली 141+ समाचार ( )
९ असार २०८२, सोमबार

अर्घाखाँची । अर्घाखाँचीको शितगगा नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ९३ करोड ६७ लाख ५० हजार बराबरको बजेट ल्याएको छ । सोमबार उपप्रमुख गिता भाटले १७औं नगरसभाको दोस्रो बैठकमा आर्थिक बर्ष २०८२/८३ को लागि बजेट ल्याएकी हुन् ।

उपप्रमुख भाटले प्रस्तुत गरेको उक्त बजेट नगरसभाबाट सर्वसम्मत पारित भएको नगर प्रवक्ता दामोदर न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपानेका अनुसार उक्त नगरसभामा नगर प्रमुख छबिलाल पौडेलले स्वीकृतिका लागि पेश गरेका आर्थिक विधेयक २०८२, विनियोजन ऐन २०८१ पहिलो संसोधन, विनियोजन विधेयक २०८२, अपाङ्गता अधिकार विधेयक २०८२, लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२ सर्वसम्मत पारित भएको छ ।

नगरप्रमुख छविलाल पौडेलले  आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट कार्यान्वयमुखी आएको बताए । उनले यस कार्यक्रम र बजेटले नगरवासीको आाश जगाउने विश्वास व्यक्त गरेका छन् । नगरपालिका का सुचना अधिकारी नुमलाल खनालले नगरवासीको आवश्यकतालाई बुझेर जनमुखी कार्यक्रम र बजेट आएको बताए । निति तथा कार्यक्रम र बजेटको मुख्य प्राथमिकता सडक निर्माण र स्तरोन्नति रहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार