मुख्य समाचार
गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने | आस्था र एकताको पर्व छठ आजदेखि सुरु, मिथिलाका गाउँबस्ती छठमय | देउसीभैलोको नाममा 'अश्लील नृत्य' : भैरहवाबाट सल्यान, दाङ र गुल्मीका ३ युवती पक्राउ |

रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक

Ujyalosandeshonline 12670+ समाचार ( )
२९ कार्तिक २०८३, शनिबार

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेल यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम आउने हुनुभएको छ । राष्ट्रिय एकता, सद्भाव र सामाजिक सहिष्णुताको सन्देश प्रवाह गर्दै उहाँहरूले जनकपुरधामस्थित ऐतिहासिक तथा पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउनुहुनेछ । 

रास्वपा मधेश प्रदेश कार्यालयद्वारा जारी तालिकाअनुसार सभापति लामिछाने २८ गते दिउँसो जनकपुर विमानस्थलमा आइपुग्नुहुनेछ । सोही दिन जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान, सम्बोधन तथा पार्टी पदाधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 

कात्तिक २९ गते जानकी मन्दिरलगायत विभिन्न ऐतिहासिक तथा धार्मिक मठमन्दिरहरूको दर्शन एवं पोखरी अवलोकनपछि गंगासागरमा हुने छठ पर्वको पूजाअर्चनामा सहभागिता जनाउने कार्यक्रम छ । त्यसैगरी, कात्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण तथा विधि अनुष्ठान पूरा गरी उहाँ जनकपुरबाट प्रस्थान गर्नुहुनेछ । मधेश प्रदेशका महामन्त्री मनिष कुमार साहद्वारा जारी यस सूचनामा पार्टीका सम्पूर्ण तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार