मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

लुम्बिनीमा “बुद्धिष्ट वर्ल्ड टुरिजम मार्केट” आयोजना हुने

Ujyalosandeshonline 12438+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

भैरहवा । लुम्बिनीका लागि सद्भावना दूत एवम पर्यटन व्यवसायी बिक्रम पाँडे काजीको अगुवाईमा लुम्बिनीमा बुद्धिष्ट वल्र्ड टुरिजम मार्केटको आयोजना हुने भएको छ । लुम्बिनी संगै यस आसपास रहेको अन्य पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिने भएको हो । 

सोमबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायी पाँडेले लुम्बिनी संगै यससंग जोडिएर रहेका अन्य बुद्धिष्ट सर्किट तथा लुकेका पर्यटकिय स्थलहरुको पहिचान गराउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको बताए । “लुम्बिनी मात्र हैन यो क्षेत्रमा रहेको प्राय सबै स्थान गौतमबुद्ध संग जोडिएर रहेको छ ।” पाँडेले भने “गौतम बुद्ध अभिनिष्क्रमण पछि भैरहवा, रोहिणी नदि पार गर्दै अनोमा नदि हुदै गएकोले यी सबै क्षेत्रहरुमा उच्च पर्यकिय सम्भावना रहेको छ । यी सबैको प्रवद्र्धन गर्ने मेरो उद्देश्य रहेको छ ।”

कपिलवस्तुमा महाअभिनिष्क्रमण दिवस मनाउने गरिएको बताउदै उनले यसलाई जोडेर भैरहवा हुदै त्रिवेणी सम्म पु¥याउन सकिने उनले बताए । यसको लागि आफ्नो प्रयासमा स्थानिय पर्यटन व्यवसायीहरुको सहयोग आवश्यक रहेको उनको भनाई थियो । 

उनको प्रस्तावमा भैरहवाका व्यवसायीहरुले सकारात्मक भएको बताएका छन् । पर्यटन व्यवसायी किशोर जोशीले लुम्बिनी नजिक भएर पनि उपेक्षित रहेको भैरहवालाई बुद्ध संग जाड्न सकिने बताए । उनले रोहिणी नदिलाई प्रवद्र्धन गरि यसैको माध्यमबाट यस क्षेत्रको पर्यटकिय गतिविधि बढाउन सकिने बताए । 

यस्तै सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले पर्यटन र यस क्षेत्रको आर्थिक क्षेत्र चलायमान बनाउन गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न अपरिहार्य रहेको बताउदै यसमा सबै लाग्न आग्रह गरे ।

नया नया पर्यटकिय स्थल तथा पर्यटकिय गतिविधिहरु गर्न रुचाउने विक्रम पाँडे काजीले लुम्बिनी र तिलौराकोटको विचमा मायादेवी माईत हिडेको बाटोलाई मायादेवी सुत्केरी मार्ग नामाकरण गरि यसको प्रवद्र्धनमा पनि लागेका छन् । करिब ३९ किलोमिटर लामो यस मार्गमा यसै वर्ष देखि “मायादेवी सुत्केरी मार्ग म्याराथन” को आयोजना गरिने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार