मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

‘प्रधानमन्त्री, मन्त्री फेर्ने कुरा बाटाघाटामा छलफल गर्ने होइन’

Ujyalosandeshonline 12552+ समाचार ( )
२४ माघ २०८०, बुधवार

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री वा मन्त्री फेर्ने विषयमा बाटाघाटामा छलफल गर्न नमिल्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले प्रधानमन्त्रीले संसदको नयाँ अधिवेशनमा आफ्नो नीति कार्यक्रम बजेट ल्याउनुपर्ने बेला को प्रधानमन्त्री बन्ने भन्ने कुरा आएपछि काम गर्न नसक्ने भन्दै यस्तो विषय जहाँसुकै छलफल गर्न नमिल्ने बताएका हुन् ।

सत्ता गठबन्धन दलले सरकारमा आलोपालो गर्ने बहस भइरहँदा पुष्पकमल दाहालपछि नेपाल प्रधानमन्त्री हुनुपर्ने आवाज उनको पार्टीमा उठेको छ । तर, नेता नेपालले भने यस विषयमा जथाभावी कुरा गर्न नमिल्ने बताए । 

‘अहिले देशमा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले संसदको यो नयाँ अधिवेशनमा आफ्नो नीति कार्यक्रम बजेट ल्याउनुपर्ने छ । यस्तो बेला को प्रधानमन्त्री भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ ?,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्री वा मन्त्री कसैको पनि बारेमा हामीले बाटाघाटामा छलफल गर्ने होइन । मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ ठ्याक्क फेर्नुपर्छ ।’न्यायका लागि जुनै ठाउँमा पनि बसेर जनताले आवाज उठाउन आन्दोलन गर्न पाउनुपर्ने उनले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार