मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिज’ सुरु, सन् २००९ टिम विजयी

Ujyalosandeshonline 12547+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

भैरहवा । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलोपटक पूर्व महिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि महिला लेजेण्ड भने पहिलोपटक आयोजना भएको हो ।

सन् २००७ र २००९ मा खेलेका पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टिम बनाएर सिरिज आयोजना गरिएको हो । सोमबार सिद्धार्थ क्रिकेट मैदान, भैरहवामा भएको खेलमा सन् २००९ को लेजेण्ड महिला टिम ५ विकेटले विजयी भएको छ । जितका लागि पाएको ८३ रनको लक्ष्य सन् २००९ टिमले ८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै जित निकाल्यो । उसको जितमा सरु पुनले ४१ र शोभा आलले १४ रनको योगदान गरिन् । बलिङमा सन् २००७ टिमका सुस्मिता चौधरी र निरा राजउपाध्यायले समान १–१ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको सन् २००७ को टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रनको सामान्य योगफल बनाएको थियो । उक्त टिमका लागि निरा राजउपाध्यायले २३ तथा मधु थापा र नेरी थापा मगरले समान १३–१३ रन बनाए । बलिङमा सन् २००९ को टिमका करुणा भण्डारीले ४, सोनु खड्काले २ तथा रितु कनौजिया र सीता शाहीले १–१ विकेट लिए । 

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज सुरु भएको हो । दुई दिनसम्म चल्ने सिरिजमा मुलुकभरबाट पूर्व क्रिकेटर महिला खेलाडीहरु भैरहवा आएका छन् । उक्त सिरिजमा लेदर बलको प्रयोग गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार