मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बाजुरामा भित्र्याइयो फूलपाती

Ujyalosandeshonline 11768+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

बाजुरा । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व बाजुरामा पनि शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैद्कि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । 

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याएपछि नव वटै देवीको विधिपूर्वक पूजा आराधना गर्ने चलन रहेको छ । बाजुरामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका छन् । ईश्वरी बक्स गुल्म थापाथली बाजुरा, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बाजुराले संयुक्त रुपमा जिल्लाको सदरमुकामा मार्तडीमा रहेको बडीमालिका मन्दिरमा शास्त्रीय विधिअनुसार पूजा गर्दै फूलपाती भित्र्याएका हुन् । 

सुरक्षा निकायमा फूलपातीका दिन प्रकृतिको पूजा गर्ने चलन अनुसार विधिवत् रुपमा डोली चढाई मन्दिर परिक्रमा गरेर फूलपाती भित्र्याईएको हो । फूलपाती भित्र्याएपछि  सम्पूर्ण मनोकामना पूरा हुने तथा देशवासीमा खुसीयाली छाउने धार्मिक विश्वास छ ।

फूलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल,ईश्वबरि बक्स गुल्म बाजुराका गुल्मपति,कृष्ण तिमिल्सेना,जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख ईकवाल हवारी,सशस्त्र प्रहरी बल बाजुराका प्रमुख खड्क बहादुर शाही,राष्ट्रिय अनुसन्धान बाजुराका प्रमुख सुमन कुमार भण्डारी,विभिन्न सुरक्षा निकायका प्रतिनिधि लगायत पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार