मुख्य समाचार
सिरहामा लागुऔषधसहित तीन जना पक्राउ, ठूलो परिमाणमा गाँजा बरामद | यातायात व्यवस्था कार्यालय नेपालगञ्जको सेवा सुचारु | अख्तियारद्वारा माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुकाे आशा पलाएको छ: मुख्यमन्त्री आचार्य | Gen-Z अर्घाखाँचीद्वारा बागी खोला सरसफाइ, समाजमा स्वच्छताको सन्देश | लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन | शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापकसहित दुई जना पक्राउ | हत्याराले टाउकोसहित प्रहरीसमक्ष आत्मसमर्पण, कैलाली प्रहरीद्वारा अनुसन्धान जारी | नवलपरासीका लागि रासायनिक मलको कोटा वृद्धि | ओमसतिया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु |

स्याउबाट जाम, जेली, जुस बनाएर आम्दानी गर्न सिक्दै मुगुका किसान

दान बहादुर बुढा 43+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

मुगु । प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि अवसर र लगानीको अभावले लामो समयदेखि ओझेलमा परिरहेको मुगुमा पछिल्लो समय कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ । सडक सञ्जाल विस्तारसँगै यहाँ उत्पादन हुने अर्गानिक स्याउ देशभरका विभिन्न शहरमा पुग्न थालेपछि किसानको दैनिकी सहज बन्दै गएको छ ।

मुगुको स्याउ सिजनमा त ताजा फलका रूपमा बजारमा बिक्री हुने गरेको छ भने अफ–सिजनमा खेर जाने स्याउलाई प्रयोगमा ल्याउन किसानले नयाँ सीप सिक्न थालेका छन् । जिल्ला भित्रका विभिन्न स्थानमा किसानलाई जाम, जेली, जुस, चाना, अचार लगायतका परिकार बनाउन तीन दिने तालिम दिइएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना इकाई मुगुका प्रमुख तेजविक्रम मल्लका अनुसार, ‘तालिमपछि किसानलाई परिकार बनाउन आवश्यक उपकरण खरिद गर्दा कुल मूल्यको ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइन्छ । यसले स्याउ खेर जाने समस्या कम गरी किसानलाई थप आम्दानी गर्ने अवसर प्रदान गर्नेछ ।’

तालिमपछि किसानहरू उत्साहित भएका छन् । प्रशिक्षक हरिकृष्ण बिष्टका अनुसार, ‘यो तालिम अन्त्य नभई सुरुवात मात्र हो । किसानले घरमा गएर उत्पादनलाई परिकारमा परिणत गरी बजारमा पु¥याउन सके गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । विदेश जानु भन्दा आफ्नै उत्पादनबाट आत्मनिर्भर बन्ने अवसर यसले खोल्छ ।’

यसअघि राम्रो गुणस्तरका दाना मात्र बिक्री हुने र बाँकी स्याउ परिवार, पशुपालन वा नष्ट गर्नुपर्ने अवस्था थियो । तर अब किसानले जुस, जाम, जेली, अचार, भुजालगायतका वस्तु बनाउन सीप सिकेका छन् । तालिममा सहभागी किसान शिव बुढाले भने, ‘पहिले खेर जाने स्याउ अब आम्दानीको स्रोत बन्न सक्छ भन्ने आत्मविश्वास बढेको छ । यो सीपलाई व्यवसायीक बनाउन हामी लाग्नेछौँ ।’ मुगुमा स्याउ उत्पादन अत्यधिक मात्रामा हुने भएकाले यसको व्यवस्थित उपयोग भए जिल्लाको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने किसानहरूको विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार