मुख्य समाचार
सिरहामा लागुऔषधसहित तीन जना पक्राउ, ठूलो परिमाणमा गाँजा बरामद | यातायात व्यवस्था कार्यालय नेपालगञ्जको सेवा सुचारु | अख्तियारद्वारा माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुकाे आशा पलाएको छ: मुख्यमन्त्री आचार्य | Gen-Z अर्घाखाँचीद्वारा बागी खोला सरसफाइ, समाजमा स्वच्छताको सन्देश | लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन | शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापकसहित दुई जना पक्राउ | हत्याराले टाउकोसहित प्रहरीसमक्ष आत्मसमर्पण, कैलाली प्रहरीद्वारा अनुसन्धान जारी | नवलपरासीका लागि रासायनिक मलको कोटा वृद्धि | ओमसतिया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु |

खुर्सानी खेतीबाट कमाउँदै रामेछापका किसान

Ujyalosandeshonline 8908+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

रामेछाप । रामेछापमा अकबरे खुर्सानी खेतीको राम्रो सम्भावना रहेको पाइएको छ । नगदे बालीको रुपमा रहेको अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि किसानहरू त्यस तर्फ आकर्षित भएका छन् । समुन्द्र सतहदेखि एक हजार मिटरदेखि १५ सय मिटरसम्मको उचाइमा सम्ममा राम्रो उत्पादन हुने खुर्सानीको लागि रामेछापमा उपयुक्त हावापानी भएको खाँडादेवी गाउँपालिका–५ का कृषक किशोर पौडेल बताउँछन् । 

आफ्नो २ रोपनी भन्दा बढी जमिनमा अकबरे खुर्सानी लगाउनु भएका किशोरले रामेछाप जिल्लमा पहिलो पटक मल्चिङ प्रविधिबाट खुर्सानी लगाएका छन् । खेती लगाएको तीन महिनाबाट उत्पादन दिन सुरु गर्ने खुर्सानीका बोटले लगातार ५ वर्षसम्म उत्पादन दिने उनले बताए । पानी कम पर्ने र केही भिरालो जमिनमा खुर्सानीको राम्रो खेती हुने उनले बताए । सुक्खा याममा भने पानी परेन भने खुर्सानीलाई पानी दिनु पर्ने उनको भनाइ छ । 

काँचो अकबरे खुर्सानी बारीबाट नै २ सयदेखि २ सय ५० रुपैँया किलोसम्ममा बिक्री हुने गरेको पौडेलले बताए । काँचो बिक्री नहुँदा पनि सुकाएर बिक्री गर्न सकिने भएको खुर्सानी खेती सहज भएको उनको भनाइ छ । खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने भएपछि रामेछापका विभिन्न क्षेत्रका किसानहरू व्यावसायिक खुर्सानी खेतीमा लागेका छन् । यसबाट किसानले राम्रो कमाइ गर्न पनि लागेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार