मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

हेटौंडा–५लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने

Ujyalosandeshonline 12547+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–५ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ ५ गते शनिबार ५ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष सुशिल घिमिरेले जानकारी दिए । उनका अनुसार, ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।

बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेका उनले स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमध्ये केही सूचकहरु पूरा भइसकेको र केही पूरा हुने क्रममा रहेको बताए । यस वडाको कुल क्षेत्रफल ६ दशमलव ०७ वर्ग किलोमिटर रहेको छ । यस वडाको पूर्वमा वडा नं. ७ पश्चिममा वडा नं. २ उत्तरतर्फ मकवानपुरगढी र दक्षिणमा कर्रा खोला अवस्थित छ । यसको अधिकांस भागहरु अर्ध शहरी प्रकृतिका रहेका छन् ।

५ नम्वर वडामा कुल बालबालिका ३ हजार ७ सय ९८ जना छन् । जसमा बालिका १ हजार ७ सय ८२ र बालक २ हजार १६ जना रहेका छन् । यसैगरी उक्त वडामा सामुदायिक र संस्थागत गरी ९ वटा विद्यालय संचालनमा छन् । यस वडामा २४ वटा बाल समूह र एक वडास्तरी बाल समूह सञ्जाल रहेको छ । 

जसमा ६ सय जना बालबालिका आबद्ध छन् भने संरचनागत समितिहरुमा समेत गरी जम्मा ६ सय ४६ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ ।१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुनेक्रम बढ्दो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार