मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

बाजुरा पहिरो: २० वर्षीया प्रतीक्षाको शव भेटियो, दुई जनाको जीवितै उद्धार

Ujyalosandeshonline 12441+ समाचार ( )
२९ श्रावण २०८३, शुक्रबार

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। साउन २८ गते राति आएको पहिरोले घर पुरिँदा बेपत्ता भएकी स्थानीय २० वर्षीया प्रतीक्षा थापाको शव भग्नावशेषबाट निकालिएको हो।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको कमान्डमा आवश्यक उद्धार सामग्रीसहित खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार कार्य सञ्चालन गरेको थियो। प्रहरीले पहिरोमा पुरिएका ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौली देवी रावललाई जीवितै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाएको छ। अविरल वर्षाका कारण पहिरोले घर पुरिएपछि उद्धार टोलीले मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार