मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

जनजाती दिवसको पूर्व सन्ध्यामा वृक्षारोपण

Ujyalosandeshonline 12543+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

भैरहवा । ३१ औं विश्व आदिवासी जनजाती दिवसको पूर्व सन्ध्यामा रुपन्देहीको ४ ठाउमा वृक्षारोपण गरिएको छ । बौद्ध समाज नेपालको आयोजनामा शुक्रबार बिभिन्न गुम्बा तथा विहारहरुमा फलफुलका विरुवा रोपिएको छ । 

कार्यक्रम संयोजक जुना सारुका अनुसार शान्ती बौद्ध गुम्बा, बुटवलको रामनगर गुम्बा, देवदह बुद्ध विहार देवदह र नेपाल मगर संघ बेलवासमा गरि आप, अम्बा, कागती, कटहर, सरिफा लगायत विभिन्न प्रजातीका १३० वटा विरुवा रोपिएको छ । 

३१ औं विश्व आदिवासी जनजाती दिवस शनिबार बिभिन्न कार्यक्रम गरि मनाईदै छ । सोही अवसरमा गुम्बा तथा विहारहरमा सम्झना स्वरुप फलफुलका विरुवा रोपी दिवसको सुरुवात गरिएको बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले जानकारी दिए । उनले विरुपा रोप्नु अगाडी बौद्ध लामा गुरुहरुले पूजापाठ गरेको बताए । 

बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाको अध्यक्षता, आदिवासी जनजाती युवा महासंघकी केन्द्रिय सदस्य सुम्निमा राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर युवा महासंघका केन्द्रिय महासचिव राम अस्लामी, बौद्ध समाज नेपालकी महासचिव राधिका पुन लगायत शान्ती बुद्ध विहारका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बौद्ध समाज नेपालका सचिव तथा शान्ती बौद्ध गुम्बाका अध्यक्ष आस बहादुर गुरुङ्गले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार