मुख्य समाचार
अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर |

शेख हसिनाले देश छाडेपनि प्रदर्शनकारीको अस्वभाविक हर्कत रोकिएन

Ujyalosandeshonline 12205+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि प्रदर्शनकारीहरुले देशका विभिन्न स्थानमा अस्वभाविक हर्कत देखाएका छन् । प्रदर्शनकारीहरुले देखाएको अस्वभाविक व्यवहारको तस्वीरहरु सामाजिक संजालमा भाइरल भएका छन् । 

जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ भने देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन् । हसिनालाई ४५ मिनेटभित्र राजीनामा दिएर देश छाड्न चेतावनी दिएका प्रदर्शनकारीले मंगलबार पनि ठाउँ ठाउँमा अराजक व्यवहार प्रदर्शन गरेका छन् ।

राजधानी ढाकाका कैयौं क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन् । त्यस्तै प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ ।

सोमबार कैयौं प्रहरी चौकीमा आक्रमण भएको थियो र धेरै ठाउँमा आक्रोशित भीडले प्रहरीसँग झडप गरेका थिए । कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका थिए ।

प्रहरी चौकी भित्रबाट पंखा, कुर्सी, टेबुललगायत सबै प्रकारका सामान लुटिएको थियो । सुरक्षा संकटका कारण प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरीहरु आइतबार नै प्रहरी चौकी छाडेर सुरक्षित स्थानमा गएका थिए । प्रहरी चौकीका हतियार समेत लुटिएको समाचार संस्थाहरुले जनाएका छन् ।

उत्तेजित समूहले प्रधानमन्त्री निवासभित्रबाट छिरेर थुप्रै सामान चोरी समेत गरेका छन् । प्रधानमन्त्री बस्ने कुर्सीदेखि सोफा, पंखा, फ्रिज, लत्ताकपडा, भाँडाकुँडा लगायत थुप्रै सामानको चोरी गरेका छन् । मिडियामा आएका भिडियोहरुमा सेख हसिनाको सारी लगाएर प्रदर्शनकारीले फोटोसुट पनि गरेका देखिन्थे । 

केहीले भने उनका निजी कपडाहरु पनि उठाएको भिडियोमा देखिन्छ । सरकारले प्रदर्शन दबाउन प्रयास गरेपछि आन्दोलन थप हिंसात्मक बन्दै गएको स्थानीय मिडियाहरुले जनाएका छन् । 

सेनाले देशको शासन आफ्नो हातमा लिएपनि प्रदर्शनकारी शान्त बनेका छैनन् ।  प्रदर्शनकारी बंगलादेशको संसद, प्रधानमन्त्री निवाससहित कैयौं सरकारी भवनमा प्रवेश गरेर उदण्ड मच्चाउदा सेना मुकदर्शक बनेको आरोप लागिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार