मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

सन्धिखर्कका औषधि पसलमा १०-१५% छुट दिन नगरप्रमुखको आग्रह

Ujyalosandeshonline 12461+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले नागरिकहरूको चाहनाअनुसार औषधि व्यवसायीहरूले काम गर्नुपर्नेमा जोड दिएका छन्। सन्धिखर्कमा आयोजित औषधि व्यवसायीका प्रतिनिधि, सरोकारवाला स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीसहितको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले न्यूनतम सेवाग्राहीलाई औषधि व्यवसायीहरूले १० देखि १५ प्रतिशतसम्म छुट दिन आग्रह गरेका हुन् ।

नगरप्रमुख श्रेष्ठले सन्धिखर्क जिल्ला सदरमुकामको नगरपालिका भएकाले यहाँ जिल्लाभरका नागरिक उपचारका लागि आउने गरेको बताए। उनले नागरिकहरूलाई उपचार खर्चमा सहुलियत छ भन्ने कुराको जानकारी दिन पनि व्यवसायीहरूले छुट दिनुपर्ने बताए। साथै, कार्यक्रममा उनले ल्याब शुल्कमा पनि एकरूपता कायम गर्न आग्रह गरेका छन्।

कार्यक्रममा औषधि व्यवसायी संघका जिल्ला अध्यक्ष रामप्रसाद अधिकारी, नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुली, निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनाल लगायतको उपस्थिति रहेको थियो। यस पहलले सन्धिखर्कका नागरिकहरूलाई औषधि र ल्याब सेवामा केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार