मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

लोसपा शान्तिपूर्ण आन्दोलन गरेर स्थापित भएको हो : अध्यक्ष ठाकुर

Ujyalosandeshonline 12321+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले केही दलहरुले हतियारको प्रयोग गरेर देशमा परिवर्तन ल्याएको आरोप लगाएका छन् ।  

मधेस आन्दोलनका शहीदहरुलाई माल्यापर्ण  गर्दै उनले आफ्नो पार्टीले  जहिले पनि शान्तिपूर्ण आन्दोलन गरेर देशमा स्थापित भएको बताएका हुन् ।  

उनले  भने, ‘मधेसमा हामीले ६ महिनासम्म निरन्तर आन्दोलन गरेका थियौं । आन्दोलनबाट धेरै नोक्सानीको सामना गर्नुपरेको  थियो । हाम्रा पार्टीका धेरै नेता कार्यकर्ताहरु शहीद भइसकेका छन् । अहिले पनि धेरै नेता कार्यकर्ताहरु जेलमा छन्, कोही महोत्तरीको  जेलमा छन् भने टिकापुर घटनापछि कोही थारु नेताहरु धनगढीको जेलमा छन् ।

आन्दोलन अपराधीक आन्दोलन थिएन्, लुटपिट,कुटपिट आन्दोलन पार्टीले गरेको थिएन् । सधैं शान्तिपूर्ण ढंगले आन्दोलन गरेका थियौं तर अरु पार्टीहरुले हतियार उठाएर देशमा परिवर्तन ल्याएका हुन् । त्यो बेला धेरै धनजनको नोक्सान भएको थियो । बैंक लुटिएको थियो, गोदाम लुटिएको थियो र सबैभन्दा बढी मानवीय क्षति भएको थियो ।’

साथै उनले गोली चलाउन आवश्यक नभएको ठाउँमा समेत त्यो समय गोली चलेको बताए । उनले यतिका समयसम्म पनि कुनै प्रधानमन्त्रीले मधेस आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरेको दुखेसो पोखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार