मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

एकै दिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे

Ujyalosandeshonline 11540+ समाचार ( )
४ जेठ २०८२, शनिबार

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिबार देशभरका  ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यतिबेला पोखरामा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय बनेको छ ।

पोखरामा भएको यो कोटिहोम सुरुवात मात्र भएकोले अव नेपालका ५ वटै प्रदेश तथा देश विदेशमा यस्तै कोटिहोम हुने हुदाँ यहाँका जस्तै सद्भाव र माया देखाइदिन आयोजकले आग्रह गरेको छ । कोटिहोममा विभिन्न ठाउँमा राखिएको सहयोग कक्षमा सहयोग गर्ने भक्तजनको भिड व्यवस्थापन गर्न व्यवस्थापकलाई हम्मे हम्मे भएको थियो । कोटिहोममा प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । 

कोटिहोममा शनिवार सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजले कथा वाचन तथा शुभकामना सन्देश दिएका थिए ।  जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ । यसै गरी शनिवार नै विन्ध्यवासिनी पिठाधिस वाल सन्त निषेशानन्द गुरु महाराजले पनि प्रवचन तथा सन्देश दिएका थिए ।

वाचन प्रवीण पं. दिनबन्धु पोखरेललाई बिदाइ गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता, बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले शनिवार विशेष कार्यक्रमका बिच पोखरेललाई बिदाइ गरेका हुन् । उनले ७ दिन सम्म महायज्ञमा कथा वाचन गरेका थिए ।

आइतबार देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले  कथा वाचन गर्ने भएका छन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी  दिउसो २ बजे देखि ६ बजे सम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

भोलि नवलपुरबाट थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहभागि हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार