‘जलवायु परिवर्तनको असरको लाभ लिन नेपालको पहल पुगेको छैन’

Ujyalosandeshonline 1667+ समाचार ( )
जलवायु विषेशज्ञ डा. ङमीन्द्र दाहालसँग अन्तरवार्ता
१७ मंगशिर २०८०, आइतबार

काठमाडौं । गत मंसिर १२ मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियन गुटेरेस नेपालको औपचारिक भ्रमणमा आए । चारदिने नेपाल भ्रमण गरेका उनले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वसामु चिन्ता र चासो व्यक्त गरे । 

तापमान वृद्धिका कारण संसारको अग्लो शिखर सगरमाथालगायत उच्च हिमाल पग्लँदै गएको भन्दै उनले दैनिक जीवनमा असर पारेका स्थानीय समुदायसँग गर्दै जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा स्थानीयका समस्या र सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने वाचा पनि गरेका थिए । 

सोही क्रममा महासचिव गुटेरेसले अन्नपूर्ण आधारशिविर पुगेर नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

नेपालमा भने अनुसार नै कोप–२८ गुटेरेसले नेपाल जलवायु परिवर्तनको चपेटमा परेको उल्लेख गर्दै उनले सहायता गर्नुपर्ने बताए । उनले नेपाल आफैं कार्वन उत्सर्जन नगर्ने तर अरुले उत्सर्जन गरेको कार्वनको असर नेपालले खेपिरहरेको बताए । 

कोप–२८ मा नेपालको सहभागिता, एन्टोनिया गुटेरेसको नेपाल भ्रमण र जलवायु परिवर्तनको असर लगायत नेपाल न्यूज बैंकले जलवायु परिवर्तन विषेशज्ञ डा. ङमीन्द्र दाहालसँग गरेको कुराकानी :

१. युनाइटेड अरब ईमिरेटस्मा भइरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनबाट नेपालले के लाभ उठाउन सक्छ ? नेपालको सहभागितालाई तपाईं कसरी हेर्नुभएको छ ? 

यो जलवायु सम्बन्धी विश्व सम्मेलन हो । यसपालिको कोप २८ सम्मेलन अरब देशले आयोजना गर्यो । तेल निर्यात गर्ने र जलवायु परिवर्तनको प्रमुख कारक रहेको युनाइटेड अरब ईमिरेटस्मा भएकोले यो सम्मेलन सान्दर्भिक छ । नेपालको सहभागिको कुरा गर्ने हो भने त्यो विश्व सम्मेलन हो, त्यहाँ जे सहमति भएपनि सामूहिक सहमति मात्रै हुन्छन् । नेपालले आफ्ना समस्याहरु एक्लैले उठाएर प्रभावकारी हुँदैन । विश्भरका हिमालय देशहरुको छुट्टै एजेण्डा र सहमति अनुसारको प्रस्ताव चाहिन्छ । तर, यसो हुन सकेन । नेपालले आफ्ना एजेण्डाहरु दरिलो हिसाबले राख्न सकेको छैन । जसरी अन्य सामुन्द्रीक देशले हामी चपेटामा पर्यौँ भनेको थियो । त्यसैले नेपालको प्रभावकारीता बढेको छ । तर, यसले नतिजा ल्याउने अपेक्षा गर्न सकिँदैन । 

२. नेपालले जलवायु परिवर्तनको संकट खेपिरहेको अवस्थामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेका थिए । उनले भ्रमणका क्रममा गरेको चासो र चिन्तालाई आधार मानेर हेर्दा संयुक्त राष्ट्रसंघबाट नेपालले केही आश गर्न सक्छ ? 

महासचिव एन्टोनिया गुटेरेसको भ्रमणले नेपालमा विश्वको ध्यान आकर्षित भएकै हो । यो भन्दा पहिले पनि नेपाल विभिन्न कारणले गर्दा आकर्षित भएको हो । तर, जव वार्ताका कुरा आउँछन् । वार्तामा आफ्नो एजेण्डामात्र उठाइएको पाइएको इतिहासले देखाउँछ । यो एक राजनीति गर्ने थलो पनि हो । त्यसैले, सहानुभुति पहिले देखि पाइरहकै हो । केही सहयोग नै पाइहाल्छौं भन्ने आश किन गर्न सक्दैनौँ भने, उहाँले बोलेको कुराले वार्ता गर्न र एजेण्डा प्रस्तुत गर्न सजिलो होला तर जलवायु कोषबाट वित्तिय सहयोगहरु पाउन नेपालको छुट्टै प्रस्तावना चाहिन्छ । केन्द्रित तयारी गरेर अन्य तयारी नगर्दा हामी अझै धेरै जोखिममा पर्यौँ । त्यसैले धेरै आशा राखि नहालौँ । 

३. हिमालमा हिउँ पग्लिएर काला पहाड देखिन थालेका छन् । ऋतु नै परिवर्तन भैसकेका छन् । यस्तो अवस्था आउनुलाई जलवायु परिवर्तनको असर भन्ने कि जलवायु संकट ? 

खासमा यो जलवायु परिवर्तन नै हो । तर, यो कति सघन हुँदै गएको छ भन्ने कुरा हो । नेपालको सन्दर्भमा जलवायु परिवर्तनको तिव्रता उच्च छ । जलवायुु परिवर्तनका कारण जस्को घरबार नै ध्वस्त भयो उसको लागि यो स्वतः संकट भई नै हाल्यो । त्यसैले नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका सन्दर्भमा यसलाई संकट भन्न सकिन्छ । 

४. जलवायु परिवर्तनको असरका कारक नेपाली स्वयं कति छौं ? 

हाम्रो परम्परागत जीवनशैली, खेती प्रणाली जलवायु अनुकुलित हो । हामी नेपाली चाहीं प्रकृतीप्रेमी हौं । नेपालमा भएको बन जंगल कार्वन उत्सर्जनका लागि नभइ नविकरणीय उर्जाको रुपमा लिइरहेका छौं । तर, पछिल्लो समय विकासमा फड्को मार्दैगर्दा सहि ढंगले चलाउन सकिरहेका छैनौँ । अहिलेसम्म जलवायु अनुकुलित नै छौं । अब विकास निर्माणका कामहरु गर्दै गर्दा ध्यान दिनुपर्ने जरुरी देखिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार