मुख्य समाचार
बाजुराको सदरमुकाम मार्तडीमा आयोजित र्‍याली | बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन | युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छः सभापति लामिछाने | ‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’ | चेसिस नम्बर टेम्पर गरिएका टिप्पर र ट्रयाक्टर नियन्त्रणमा, कारबाहीका लागि यातायात बुझाइयो | सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याइने | नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'अपरेटिङ बेस' राख्ने तयारी गर्यो | लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै | चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान | ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की |

लायन्स क्लब अफ बुटवल शान्तिदिपको अध्यक्षमा : पन्थी

Ujyalosandeshonline 12016+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

बुटवल । लायन्स क्लब अफ बुटवल शान्तीदिपको नया अध्यक्षमा बिशाल पन्थी चयन भएका छन् । आज सम्पन्न अधिबेशन बाट  नया कार्य समितिको पदाधिकारीहरु अन्तर्गत प्रथम उपाध्यक्षमा रामहरि भुसाल,द्वितीय उपाध्यक्षमा  खिमा आचार्य र तृतीय उपाध्यक्षमा  प्रकास अधिकारी चयन भएका छन् भने सचिवमा लक्ष्मी नारायण खनाल ,सह सचीवमा जालन्धर भुसाल चयन भएका छन ,कोषाध्यक्षमा सतिस आचार्य र सह कोषाध्यक्षमा बिष्णु प्रसाद भुसाल चयन भएका छन् ।

पुर्व अध्यक्ष चेत नारायण भणडारीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले नयाँ आउने कार्य समितिका पदाधिकारी  लाई ककस पद्धति अनुसार भावि कार्य योजनाका बिषयमा जिज्ञासा राख्नुका साथै लायन्स क्लबले पछिल्लो समय अवलम्बन गरेको यस र नो भोट अन्तर्गत ५१ प्रतिशत यस भोट ल्याउने मात्र पदाधिकारी छनोट हुने बिधि अपनाएर नया कार्यसमिति चयन गरेको प्रमुख निर्वाचन आयुक्त चेत नारायण भणडारीले बताए ।  जस अनुसार सबै पदाधिकारी ले सय प्रतिशत यस भोट प्राप्त गरेका थिए ।

कार्यक्रममा सस्थापक अध्यक्ष बाबुराम खनालले लायन्स क्लबको राष्ट्रिय अन्तर्राष्ट्रिय गतिबिधि र  अवलम्बन गर्नु पर्ने दायित्व बारेमा प्रशिक्षणमुलक बक्तब्य राखेका थिए भने  अध्यक्ष महेश पन्थीले पनि आफ्ना धारणा राखेका थिए ।  स्थापना भएको चार बर्षको अवधिमा उक्त क्लबले  बिभिन्न सामाजिक कार्यहरु अन्तर्गत रक्तदान ,अनाथ हरुलाइ खाधान्न तथा लत्ता कपडा हस्तान्तरण तथा  बृक्षा रोपणकाे कार्यक्रम गरिरहेको छ ।

नयाँ निर्वाचित अध्यक्ष पन्थीले क्लब लाई अबका  दिनमा अझै मर्यादित बनाउन  टिम संग समन्वय गरेर प्रतिफल आउने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन् भने उनले क्लबका अन्य  सदस्य पुनाराम पन्थी,दिपक बिक,नारायण पाण्डे ,ऋषि भट्टराई र रेशम बञ्जाडे लाई बिभिन्न जिम्मेवारी समेत प्रदान गरेका छ्न ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार