दुर्घटनामा परि एक जनाको मृत्यु, ३११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 2372+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

भैरहवा । सोमबार भएको मोटरसाइकल दुर्घटनामा परि भैरहवामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ बस्ने ४० बर्षिय प्रवीन कण्डेल रहेका छन । 

भैरहवा भित्री सडक खण्डको वडा नम्बर ९ मा आफैले चलाएको मोटरसाइकल अनियंत्रित भै सडक छेउमा ठोक्कीएको थियो । कण्डेलको उपचारको क्रममा भीम अस्पतालमा मृत्यु भएको हो । 

होलीको दिन रुपन्देहीमा भएको ४ अलग अलग दुर्घटनामा एक जनाको मृत्यु र अन्य ३ जना घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए ।

होलीलाइ सुरक्षीत बनाउन र दुर्घटना कम बनाउन प्रहरीले १२८ स्थानमा चेक प्वाइन्ट राखी सवारी साधन चेकजाच गरेको थियो । यस क्रममा सवारी नियम उल्लंघन गर्ने ३११ मोटरसाइकल, ३ वटा टेम्पो, २ वटा कार, १ वटा ट्रक र १३ जना मानिसलाइ नियन्त्रणमा लिएको डिएसपी भट्टले जानकारी दिए ।

प्रतिक्रिया

Jag jiwvn pathak १२ चैत्र २०८०, सोमबार

karm ko fhal vognu parxa

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार