काठमाडौं । सेक्युरिटी
प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएस
मुलुकका लागि आवश्यक भए पनि यसको खरिद प्रक्रियामा सरकारी अधिकारीहरु इमानदार
नभएको आरोप युवाहरुले लगाएका छन् ।
राजधानीमा मंगलबार
पत्रकार सम्मेलन गर्दै उनीहरुले मुलुकलाई आवश्यक प्रणाली खरिदमा सरकार पारदर्शी
हुन नसक्दा भ्रष्टाचार बढेको टिप्पणी उनीहरुले गरे । डा. निकोलस भुसालले
सेक्युरिटी प्रिन्टिङ प्रेस, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स प्रणालीमा व्यापक
घोटाला भएको आरोप लगाए ।
सरकारका उच्चपदस्थ
अधिकारीहरुकै संलग्नतामा भ्रष्टाचार भइरहेको दाबी उनले गरे ।
टेरामक्स खरिद
प्रक्रियालाई सर्वोच्च अदालतले कानुनसम्मत् रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउनू
भनेर आदेश दिएको अवस्थामा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले यसलाई रोक्न
चाहिरहेको उनले दाबी गरे ।
सेक्युरिटी प्रिन्टिङ
प्रेसका लागि समेत ४ अर्ब बुझाइसकिएको उनले बताए । प्रिन्टिङ प्रेस नेपालमा ल्याएर राखिएको र काम
चाहिँ विदेशका अन्य कम्पनीलाई दिइराखिएको उनले बताए ।
इन्जिनियर सञ्जोग
नेपालीले नेपालका लागि सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएस आवश्यक रहेको उनले बताए ।
प्राइभेसीका हिसाबले सेक्युरिटी प्रिन्टिङ प्रेस अत्यावश्यक रहेको उनले बताए ।
एमडीएमएसमार्फत
फोनहरुलाई कन्ट्रोल नगरे विभिन्न अपराधहरुले बढावा पाउने उनको दाबी छ । टेरामक्स
टेलिकम्युनिकेसनका लागि एकदमै आवश्यक रहेको बताए । पारदर्शिता, राजस्व र कल डिटेल, नेटवर्क मनिटरिङ
लगायतका विषयका लागि नेपालमा टेरामक्स प्रणाली आवश्यक रहेको उनले बताए ।
युवा वैज्ञानिक कपिल
पौडेल, अभियन्ता एसके
तिमिल्सिना, डा.सागर ढकाललगायतले
सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडीएमएसको आवश्यकताबारे प्रष्ट पारेका थिए ।