मुख्य समाचार
अबैध सुनको कारोबार गर्ने मुख्य योजनाकार पक्राउ | जुनसुकै बेला प्राकृतिक विपद् आउन सक्छ सावधान अपनाउनुहोलाः गृहमन्त्री लेखक | सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो : सभापति थापा | भारतले फोहोरमैला व्यवस्थापन र नदी प्रदूषण नियन्त्रणमा सहयोग गर्ने | भैरहवाबाट वीरगंज जाँदै गरेको बस दुर्घटना | मन्त्री आरजु राणा र भारतीय राजदूतबीचको भेटमा सीमा समस्याबारे चर्चा | पशुपतिमा एक महिनासम्म चल्ने कोटिहोम महायज्ञ शुरु | मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान | घुस लिएको आरोपममा दुई प्राविधिक अख्तियारको नियन्त्रणमा | ७५ प्रतिशत मात्र राजस्व संकलन, लक्ष्यमा पुग्न सकेन सरकार |
मुख्य समाचार
अबैध सुनको कारोबार गर्ने मुख्य योजनाकार पक्राउ | जुनसुकै बेला प्राकृतिक विपद् आउन सक्छ सावधान अपनाउनुहोलाः गृहमन्त्री लेखक | सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो : सभापति थापा | भारतले फोहोरमैला व्यवस्थापन र नदी प्रदूषण नियन्त्रणमा सहयोग गर्ने | भैरहवाबाट वीरगंज जाँदै गरेको बस दुर्घटना | मन्त्री आरजु राणा र भारतीय राजदूतबीचको भेटमा सीमा समस्याबारे चर्चा | पशुपतिमा एक महिनासम्म चल्ने कोटिहोम महायज्ञ शुरु | मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान | घुस लिएको आरोपममा दुई प्राविधिक अख्तियारको नियन्त्रणमा | ७५ प्रतिशत मात्र राजस्व संकलन, लक्ष्यमा पुग्न सकेन सरकार |


प्रहरीलाई कार्यालयमै निशुल्क स्वास्थ्य शिविर

विवेक विश्वकर्मा 5+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

भैरहवा । कामकै कारण अस्पताल जान नसकेका प्रहरी कर्मचारीहरुलाई लक्षित गरि नेपाल प्रहरी श्रीमती संघले बिहिबार रुपन्देहीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेको बिभिन्न युनिटमा कार्यरत प्रहरीहरुलाई सामान्य चिकित्सा, स्त्रीरोग, नाक, कान घाँटी र दन्तरोग सम्बन्धि चिकित्सकिय सुविधा उपलब्ध गराईएको थियो । 

प्रहरी पेशा मात्र नभई समाजमा न्याय कायम राख्ने, समुदायको सुरक्षाको सुनिश्चतता गर्ने निकाय पनि हो । समाजका चुनौतीको सामना गर्दागर्दै प्रहरीले आफ्नै स्वास्थ्यको ख्याल नगर्दा गम्भिर स्वास्थ्य सम्बन्धि समस्या देखिने गरेको छ । यसैले प्रहरीलाई स्वास्थ्य आवश्यकता महशुश गरि शिविरको आयोजना गरिएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुंवरले बताइन ।  

“प्रहरी कर्मचारीहरुले समाजमा पु¥याएको योगदानको लागि मौखिक प्रंशसा र कृतज्ञता भन्दा पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको छ ।” कुंवरले भनिन “यस्ता स्वास्थ्य सेवाले प्रहरीहरुको सेवाको सम्मान साथै स्वास्थ्य प्रहरीबाट जिवन्त प्रहरी सेवाको सुनिश्चितता हुन्छ ।”

प्रहरीको स्वास्थ्य प्रहरीकै लागि मात्र नभई उनिहरुले सेवा पु¥याउने समाजको लागि पनि महत्वपूर्ण रहेको उनले बताईन । स्वस्थ अधिकारीले मात्र प्रभावकारी ढङ्गबाट आफ्नो सेवा प्रवाह गर्न सक्ने भएकाले सुरक्षित समाजको लागि यसको महत्व अझै बढेको कुंवरको जिकिर रहेको थियो । 

कामको दबाबमा रहेको सन्र्दभमा प्रहरीलाई शरीरको अवश्था हेर्ने समय हुदैन, यस्तो अवश्थामा यस्ता कार्यक्रमले महत्व राखेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने । यस्ता कार्यक्रमको आयोजनाले प्रहरीलाई आफ्नो शारिरीक र मानसिक अवश्थाको पुनरावलोकन गर्न सहज हुने उनको धारणा थियो । 

कार्यस्थलमै सञ्चालन हुने स्वास्थ्य शिविरले स्वास्थ्यलाई कायम राख्न र सुधार गर्न, नियन्त्रण गर्न, प्रायश्चित गर्न र समयमै सक्रिय कदमहरू चाल्नको लागि सचेतनाको रूपमा काम गर्ने रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माको भनाई थियो । 

“हाम्रो जस्तो देशमा प्रहरी कर्मचारीको काम शारीरिक रूपमा मात्र होइन मानसिक र भावनात्मक रूपमा पनि तनाव हुने प्रकृतिको रहेको छ,” विश्वकर्माले भने “ समुदायले उनीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको सुनिश्चित गर्नु महत्वपूर्ण छ ।”

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा प्रहरीका बिभिन्न तहका गरि करिब ३ सय बढीले सेवा लिएको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए । 

स्वास्थ्य शिविर अघि नेपाल प्रहरी श्रीमती संघले रुपन्देहीको कोटिहवामा रहेको अविनाश अनाथ आश्रममा खाद्यन्न एवम स्टेशनरी सामाग्री समेत वितरण गरेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायत, नेपाल प्रहरी श्रीमती संघकी प्रदेश अध्यक्ष  निलम कडायत, गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक माधव प्रसाद श्रेष्ठ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका वरिष्ठ प्रहरी उपरिक्षक दिपक कुमार बस्नेत लगायतको सहभागीता रहेको थियो ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार