एक करोड ८२ लाखको नयाँ भवनमा हाटी बनगाइ प्रहरी चौकी

Ujyalosandeshonline 2373+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

भैरहवा । रुपन्देहीका हाटी बनगाई प्रहरी चौकी नया भवनमा सरेको छ । १ करोड ८२ लाख ६७ हजार ८० रुपैयाको लागतमा निर्माण भएको अत्याधुनिक भवनको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले उदघाटन गरेका छन् । 

प्रहरी चौकीको आधारभूत आवश्यकताहरुलाई पुरा गर्ने गरि भवनमा कार्यालय कोठा, महिला र पुरुष थुनुवाका अलग अलग कोठा, प्रहरी कर्मचारीहरुको व्यारेक, कार्यालय प्रमुखको निवास सहित संचार शाखाको कार्यालय एवम ब्यारेकको प्रयोजनको लागी निर्माण गरिएको छ । 

महिला कर्मचारीहरुको लागी छुट्टै एट्याच बाथरुम सहितको ब्यारेक शौचालय तथा स्नान घरको निर्माण समेत भएको  छ । भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री पाण्डेले प्रहरीले नागरिकमैत्री सेवा उपलब्ध गराउन आग्रह गरे । उनले समाजमा शान्ती सुरक्षा बनाउन प्रहरीको एकल प्रयासले मात्र सम्भव हुने नहुदा नागरिकहरुले पनि सहकार्य गर्न आवश्यक रहेको बताए । 

उनले प्रहरी चौकीहरुको लागि आवश्यक पर्ने सम्पूर्ण न्यूनतम मापदण्डहरु पुरा गरि बनेको चौकीबाट प्रहरीलाई जनताले प्रत्याभूत गर्ने गरि काम गर्न निर्देशन दिए । प्रदेश सरकारको सहयोगमा बनेको यो चौकी जस्तै प्रदेशका अन्य स्थानमा प्रहरी चौकीहरुको निर्माणमा सरकार प्रतिवद्ध रहेको उनले बताए । 

यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले प्रहरी आफ्नो चिन्ता नभई अर्काको चिन्ता लिएर काम गर्न सक्ने हुनुपर्ने बताए । प्रहरीले चिन्तामुक्त अवश्थामा काम गर्ने वातावरण हुनुपर्ने उनको भनाई थियो । आम नागरिकको सेवाको सिलसिलामा प्रहरी व्यवसायीक दृष्टिले सुन्दर हुनुपर्ने बताए । प्रहरी कर्मचारीले मान्छे कमाउन नजाने सम्म अपराध अनुसन्धान सफल हुन नसक्ने उनले बताए । 

भवन उदघाटन कार्यक्रममा प्रदेश सभा सदस्य वसिउद्दिन खाँन, पूर्वराज्य मन्त्री ओमप्रकाश यादव (गुल्जारी) लगायतको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार