मायादेवीमा शिक्षकलाई मन्टेश्वरी तालिम

Ujyalosandeshonline 12436+ समाचार ( )
२४ श्रावण २०८३, आइतबार

भैरहवा । प्यारेन्ट्स तथा निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) मायादेवीको आयोजनामा भैरहवामा एकदिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ। अध्यक्ष प्रमोद यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकको क्षमता अभिवृद्धि र बालकेन्द्रित तथा गुणस्तरीय शिक्षण विधिमा दक्ष बनाउने उद्देश्यले तालिम दिइएको हो।

आकार पब्लिकेशनको समन्वयमा आयोजित तालिममा प्रशिक्षक सोनी पौडेल तामाङले पाठयोजना, शैक्षिक सामग्रीको प्रयोग र बालमैत्री कक्षाकोठा व्यवस्थापनबारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा प्याब्सनका विभिन्न पदाधिकारी तथा सहभागी शिक्षकहरूले तालिममा सिकेका सीपलाई कक्षाकोठामा व्यवहारिक रूपमा उतार्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार