मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

Ujyalosandeshonline 12461+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार चैत २० गते शुक्रबार बिहान ११ः०० देखि २ः०० बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार त्यही दिन दिउँसो २ः३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । 

त्यसैगरी, राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २२ गते अपराह्न २ः३० देखि ३ः३० सम्म राष्ट्रियसभाका कुनै सदस्यलाई सभाको उपाध्यक्ष मतमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिइने छ । यस्तै चैत २२ गते अपराह्न ४ः०० बजे दर्ता भएका प्रस्तावकको सूचनाको दर्ता सूची प्रकाशन हुने छ भने २३ गते दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकले उपाध्यक्ष चयन गर्ने छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार