मुख्य समाचार
दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न | पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध | सिद्धार्थ राजमार्गमा राति सवारी आवागमनमा रोक | प्युठानमा प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | अध्यक्ष दाहालद्वारा सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल | कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न | भारी वर्षालाई लक्षित गर्दै प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक | बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित |

दुर्घटनामा एकको मृत्यु

रासस 678+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

वालिङ (स्याङ्जा)। स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ । सो घटनामा परी पुतलीबजार–१० बस्ने ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । भीरकोट–३ बजादीमा विवाहको भोज खाएर बयरघारी फर्किने क्रममा भीरकोट–१ करूङ बयरघारी केगा भित्री सडकखण्डमा साँझ जीप दुर्घटना भएको हो ।

ग १ ज ७६१० नम्बरको जीपको स्टेरिङ लक भई घुम्तीमा मोडिन नसक्दा सडकबाट २० मिटर तल खसेको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरूको नगर अस्पतालमा उपचारमा भइरहेको छ । जीप र त्यसका चालक खेमप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार