रुपन्देही । रुपन्देहीको रोहिणीबाट सशस्त्र प्रहरीले भन्सार छली ल्याउँदै गरेको करिब २७ लाख १८ हजार रुपैयाँ बराबरको गाडीका पार्ट्स र अन्य सामानसहित ढुवानीमा प्रयोग भएको भारतीय कार बरामद गरेको छ। सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख डिएसपी गोपीकृष्ण भट्टराईका अनुसार बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।