मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ

Ujyalosandeshonline 12552+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

काठमाडौं ।वैदेशिक रोजगारीबाट फर्किँदा अवैधरुपमा ल्याएको सुन सम्बद्ध धनीलाई नदिन अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापाको बिर्तामोड–५ बस्ने इलामको सूर्योदय–१४ का ३८ वर्षीय सूर्यबहादुर समाल मगर छन् । बुधबार बिहान ललितपुरको गोदावरी–६ सडक किनारमा एक जना घाइते लडिरहेको खबर प्रहरीले पाएको थियो ।

सामान्य चोटपटक लागेको अवस्थामा भेटिएका उनलाई प्रहरीले प्राथमिक उपचारका लागि गोदावरी–६ को नमस्ते मेट्रो अस्पताल पु¥याएको थियो । उनी बोल्नसक्ने अवस्थामा थिए । उनको कुरा गराइमा प्रहरीलाई शंका लाग्यो । अनुसन्धान गर्दै जाँदा अपहरणको नाटक गरेको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गत मंगलबार बिहान कतारबाट फर्किएका मगरले साथमा औंठी र ब्रासलेट गरि ७० ग्राम सुन ल्याएका थिए । जो उनले अरु कसैको भरिया भएर काठमाडौं उत्रिएपछि दिनुपर्ने थियो । राजस्व छली गरी ल्याएको सुनसँगै उनको साथमा एउटा लेनोभोको ल्यापटप सामसङ कम्पनीको एक मोबाइल सेट र एउटा आइफोन थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण लगत्तै उनी सोही दिन १ बजेको सूर्य एयरलाइन्सको विमानमा झापाको भद्रपुर पुगे । सुन, ल्यापटप र मोबाइल सेट बिर्तामोड–५ स्थित घरमा लगेर लुकाए । साँझ साढे ६ बजेको बुद्ध एयरको विमानमा काठमाडौं फर्किए । आफूले आफैंलाई चोटपटक लगाइ गोदावरी–६ को नालामा गइ पल्टिएको अनुसन्धानबाट खुलेको प्रहरीले बिहीबार जनाएको हो । 

शंका लागेपछि प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वयमा उनको घर कोठाको खानतलासी गराएको थियो । मगरले कतारबाट भन्सार छली ल्याएको सुन बरामद भएपछि घटनाको वास्तविकता खुलेको हो । उनलाई आवश्यक कार्बाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार