मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

Ujyalosandeshonline 12320+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा प्रारम्भ भएको छ । नगरसभाको उद्घाटन सत्रमा नगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। त्यस्तै, उपप्रमुख मन्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम सभामा पेस गरिन् ।

‘विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै निर्वाचनका समयमा गरिएको प्रतिवद्धतालाई मूर्तरूप दिने, नागरिकको विश्वास आर्जन गर्ने र समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने’ दीर्घकालीन लक्ष्यका साथ महानगरले आगामी वर्षका लागि रु ८ अर्ब ३५ करोड १२ लाखको बजेट प्रस्तुत गरेको हो ।

सभामा प्रस्तुत बजेटअनुसार कुल बजेटमध्ये रु ३ अर्ब १३ करोड १२ लाख ९३७.४९ प्रतिशत संघीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट व्यवस्थापन गरिनेछ भने रु ५ अर्ब २२ करोड ९६२.५१ प्रतिशत आन्तरिक आम्दानीबाट खर्च गरिनेछ ।

महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, दिगो पर्यटन विकास, स्मार्ट सहरको अवधारणा लगायत विविध क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । नगरप्रमुख आचार्यले आगामी वर्षलाई कार्यान्वयनमुखी र नतिजामूलक वर्ष बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार