मुख्य समाचार
मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर |

चिसो बढेपछि तातोपानीमा नुहाउन आउनेको भीड लाग्यो

दान बहादुर बुढा 45+ समाचार ( )
३ माघ २०८१, बिहीबार

मुगु । हिमाली जिल्ला मुगुमा अत्याधिक चिसो बड्न थालेपछि सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको तातोपानीमा नुहाउन आउनेहरुको भीड बढेको छ । 

तातोपानी नुहाउँदा शरीरमा भएका बिभिन्न अंगहरु ,जोर्नी, छाला चिलाउने, शरीर झमझमाउने, बाथरोग ,टाउको, पेट दुखाइलगाएतका अन्य रोग ठिक हुने विश्वास लिइन्छ ।  विशेषगरी पुष  र माघ महिनामा तातोपानीमा नुहाउँदा राम्रो हुनेमा स्थानीयबासी विश्वास गर्छन् । तातोपानी नुहाउन बिशुवासमा २० देखि २५ जना मानिस पुग्ने गरेका छन् । 

‘तातोपानीमा नुहाउँदा आनन्द आउँछ । सन्चो महसुस हुन्छ । पाँच पटकसम्म नुहाएको छु । जति नुहायो त्यतिनै निरोगी भइन्छ । यहाँका स्थानीय तहले बाटो, नुहाउने धारा, कुण्डलगायतमा नुहाइसकेपछि कपडा फेर्ने घर, शौचालय लगायतका पूर्वधारमा व्यवस्था गरिएको भए राम्रो हुनेथियो,’स्थानीय कृष्ण वोहोराले भने । 

तातोपानीमा नुहाउने स्थानको प्रचार प्रसार नभएको पनि स्थानीयको गुनासो छ । प्रचार प्रचार नहुँदा ओझेलमा परेको छ ।  धेरैजसो मान्छेलाई मुगुको सोरुमा तातोेपानी छ भन्ने नै थाहा छैन् । स्थानीय सरकारले डिपीआर भनेर आठ लाख भन्दा बढी खर्च गरिसक्यो । डिभिजन बन कार्यालयले पाँच लाख र अन्य सरकारी निकाय एवम पर्यटन बिकास समितिमार्फत लाखौं खर्च भइसकेको भएपनि प्रचार नभएको गुनासो छ ।

सोरु गाँउपालिका–९ का सर्जन बहादुर शाहीका अनुसार तातोपानी क्षेत्रको प्रचार प्रसार हुनसके पर्यटक बढ्ने र रैथाने बस्तुको विक्री बढ्ने छ । तातोपानीमा बिषेशगरी बुढाबुढी ,महिला, वालवालिकाहरु बढी आउने गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार