मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

तिनकुने टोल सुधार समितिको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

Ujyalosandeshonline 11768+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा रहेको तिनकुने टोल सुधार समितिको तेश्रो बार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । 

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष तुलसीराम पराजुलीले समितिले टोल सरसफाइको निरन्तरताको साथै विभिन्न सामाजिक क्रियाकलापमा लागेको बताए । उनले सांस्कृतिक परम्पराहरु तीज कार्यक्रम, देउसी भैलो, होली मिलन कार्यक्रम संगै अन्य पर्वहरुम पनि सकृय भएको उनले बताए । टोल स्तरिय विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरि टोलको कृयाकलापमा सकृय रहेको उनले बताए ।

कार्यक्रमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै  कोषाध्यक्ष शारदा गौतम १,५६,०६६ रुपैया आम्दानी र २०७३० रुपैया बराबरको खर्च रहेको बताइन । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शेषकान्त भण्डारीले टोल सुधार समितिहरुले वडामा राम्रो काम गरेको बताए । उनले टोल सुधार समितिहरुलाइ बलियो बनाउन आउने परिषदमा समितिका पदाधिकारीहरुको सुझाव लिने बताए । टोलसुधार समिती वडाको काममा सघाएको र जनप्रतिनिधिले पनि गर्न नसकेको काम टोलसुधार समितिहरुले गरेको बताए । 

समितिका अध्यक्ष तुलसीराम पराजुलीको अध्यक्षता, वडा अध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यता तथा उध्योग व्यपार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य वसन्त भट्टराई, बसुन्धरा शर्मा पोख्रेल, नया कलोनी टोल सुधार समितीका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, कठौतिया टोल सुधार समितीका अध्यक्ष चन्द्रो कहार, गोलिगढ टोल सुधार समितीका अध्यक्ष अनवर खान, वडा सचिव अब्दुल रसिद पठान लगायतले बोल्दै टोल सुधार समितिहरु नगरपालिकाको अभिन्न अंग भएकोले यसलाइ बलियो बनाउन सुझाव दिएका थिए । समितिको सचिव सावित्री घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदस्य सम्झना अर्यालको रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार