मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भूकम्प प्रभावित जिल्लाहरुलाई सरकारले चासो दिएन

Ujyalosandeshonline 11768+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले सरकारले गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित जिल्लाहरुमा पुनर्निर्माणका लागि तदारुकता नदेखाएको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको समिति बैकमा समिति सभापति शर्माले पाँचवटा भूकम्प प्रभावित जिल्लाहरुलाई संकटग्रस्त घोषणा गरिएको भएपनि पुनर्निर्माणमा ढिलाई भएको बताएका हुन् । 

उनले भने, ‘पाँचवटा भूकम्प गएका जिल्लाहरु संकटग्रस्त जिल्ला घोषणा भएका छन् । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुदूरपश्चिमका डोटी र बझाङ गरि पाँच भूकम्प प्रभावित जिल्लालाई संकटग्रस्त जिल्ला भनिएको छ । तर, राज्यले त्यो अनुसारको पुनर्निर्माण गर्न सकेको छैन जस्तो लाग्छ । त्यहाँका नागरिकहरु आधा भत्किएको घरमा पनि बस्न बाध्य छन् ।’ 

आधा भत्किएको घरमा बसिरहेका परिवारले पुनर्निर्माणका लागि पाँच लाख दिनेबेला मात्र घर भत्काउने अडान लिइरहेको उल्लेख गर्दै सरकारल छिटो रकम भुत्तानी गर्नुपर्ने बताए । 

उनले भने, ‘राहतको दोस्रो किस्ता दिने । र पुनर्निर्माणका लागि पाँच लाख दिने बेला मात्र घर भत्काउँछौं भन्ने त्यहाँका जनताको अडान छ । अहिले अलि अप्ठ्यारो त्यहाँ भएको छ । संकटग्रस्त जिल्लाहरुका भूकम्पपीडितहरुलाई ‘क’,‘ख’ र ‘ग’ गरि तीन वर्गमा विभाजित गरिएको छ । अहिले अब पुननिर्माणका लागि ख वर्गलाई पाँच लाख रुपैयाँ दिने भनेर राज्यले भनेको छ । क वर्गलाई ६ लाख, ख वर्गलाई पाँच लाख र ग वर्गलाई चार लाख रुपैयाँ दिने भनिएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार