मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नगाभ्न चेतावनी

Ujyalosandeshonline 12337+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

मकवानपुर । मकवानपुरका विभिन्न आठ राजनीतिक दलले बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न गरिरहेको तयारीबाट पछि नहटे सडक सँगै सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

शनिबार नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी  नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन्  । 

उनिहरुले प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौँडा अस्पताललाई प्रयोगशालाका रुपमा प्रयोग गर्ने भनेर गरिएको पूर्व सहमति विपरित प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत अस्पताललाई प्रतिष्ठानमा गाम्न आरम्भ गरेको प्रक्रिया गम्भीर भएकाले आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘यो एक गम्भीर प्रकृतिको अभ्यासमा प्रदेश सरकार लागिरहेको सरकारमै रहेका र सरकार बाहिर रहेका दलहरुलाई पनि अस्वीकार्य छ ।’ जारी विज्ञप्तिमा थप भनिएको छ ‘मकवानपुरका जनताको अमूल्य निधिलाई नामेट पार्ने काम प्रदेश सरकारबाट भइरहेकाले यसको हामी समर्थन गर्न सक्दैनौं। यति मात्र होइन, यदि यो प्रक्रिया तत्काल नरोकिए हामी मकवानपुरका राजनीतिक दल सशक्त आन्दोलनमा उत्रिने छौं । हेटौंडा अस्पतालाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द नगरे सडक र प्रदेश सभामा समेत आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउँदछौं ।’

उनीहरुले अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्दै लैजानुपर्नेमा  प्रतिष्ठानको मातहतमा लगेर अस्पतालको अस्तित्व नै संकटमा पार्न खोजिएको भन्दै प्रदेश सरकारको उक्त कदमको विरोध गरेका हुन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार