मुख्य समाचार
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने |

चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन

Ujyalosandeshonline 12536+ समाचार ( )
९ भाद्र २०८३, मङ्गलबार

काठमाडौँ । विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ । विभागको तथ्याङ्कअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो । 

आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने ‘कोड’ नाम राखिएको हुन्छ । जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउन र त्यसलाई जनै नै आएको हो भनी भन्न नसकिने विभागका तथ्याङ्क निर्देशक हरि ओम पोखरेलले राससलाई बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२/२०८३ मा एक लाख १८ हजार ४६८ किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ । 

यसैगरी चालु आर्थिक वर्षको अहिलेसम्ममा १० हजार १८४ केजी धागो आयात भएको उहाँले बताउनुभयो । त्यसमध्ये भारतबाट सात हजार १४४ केजी र चीनबाट दुई हजार ९९६ केजी आयात भएको छ । जापानबाट पनि ४४ केजी धागो आयात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार