मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |
मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |


समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ

Ujyalosandeshonline 12546+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

स्पेन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले  समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काद्वारा  संयुक्त रूपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै  घिसिङले नेपालको समग्र रूपान्तरणका लागि  सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए । 

उनले भने, ‘मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि  नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ । अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ। तर  बत्तीको उज्यालोले मात्रै पुग्दैन ।’ देशको  हरेक क्षेत्रमा उज्यालो हुनुप¥यो भनेर उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए । 

घिसिङले भने, ‘म प्राधिकरणमा आउँदा हाम्रो कुल विद्युत् उत्पादन ८०० मेगावाट थियो, अहिले झन्डै ४ हजार मेगावाट पुग्न लागेको छ।  पाँच गुना बढी उत्पादन भई रहेको छ।  अरू हजारौँ मेगावाटका आयोजनाहरू निर्माणाधीन  छन्। अहिले रु २५ अरब वार्षिक महसुल उठाई रहेका छौँ । प्राधिकरणलाई आर्थिक रूपमा सबल बनायौँ।  आम जनताको सहयोग नभएको भए यो सम्भव हुने थिए ।’

यस्तै, उनले मुलुकको हरेक क्षेत्रमा रहेको अँध्यारो हटाउने, आशा जगाउन र हरेक नेपालीको अनुहारमा उज्यालो छर्ने सङ्कल्पका साथ अगाडी बढेको भन्दै यसकै लागि खाडी मुलुकहरू, अमेरिका, युके, बेल्जियम, द नेदरल्याण्डस, माल्टा हुँदै स्पेनको भ्रमणबाट हिनेको बताए । 

आफ्नो भेटघाटमा प्रवासमा रहेका सबै नेपालीले  छिटो भन्दा छिटो नेपालको समृद्धि कसरी हुन् सक्छ ? हामीले के गर्न सक्छौँ ? नेपालमा लगानीको वातावरण कसरी राम्रो बन्छ ? भनेर चासो र चिन्ता व्यक्त गरेको उनले बताए ।

उनले भने, ‘प्रवासमा  साथीहरूले धेरै राम्रो व्यवसाय, काम गरिरहनु भएको छ। यो नेपालको लागि ठुलो सम्पत्ति हो।  ५० लाख नेपालीले विदेशमा बसेर अनुभव हासिल गर्नु भएको छ, विज्ञता हासिल गर्नु भएको छ। यो सबै विज्ञता नेपालको विकास र रूपान्तरणमा जोड्नु पर्छ ।’

उनले छिट्टै आवश्यक कानुन ल्याएर गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन गर्नु पर्ने पनि बताए । उज्यालो नेपाल बनाउने अभियानमा जोडिन उनले सबैलाई आग्रह पनि गरे ।

कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काका अध्यक्ष  केशर बहादुर थापाले राष्ट्रको सेवामा लागेका कुलमान घिसिङजस्तो व्यक्तित्वको कुरा सुन्न पाउँदा निकै खुसी लागेको बताए । उनले प्रवासमा बसे पनि आफूहरू मातृभूमिको सुख दुखमा सधैँ हातेमालो गर्दै आएको बताए । सन् २०१५ मा महाभूकम्पमा रकम सङ्कलन गरेर नेपाल पठाएको स्मरण गर्दै अध्यक्ष थापाले उज्यालो नेपाल अभियानको सफलताको कामना गरे ।

कार्यक्रममा  एनआरएनए  कोष्टाव्लाङ्काका  अध्यक्ष   विपिन कुमार बिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा घिसिङलाई कदर पत्र सहित सम्मान पनि गरिएको थियो। कलाकार सरोज लामिछानेले  साङ्गीतिक प्रस्तुति गरेका थिए । विभिन्न संघ संस्थाले कार्यक्रमको सफलताको कामना गर्दै सन्देश  पठाएको कार्यक्रम संयोजक असीम लोप्चन तामाङले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार