मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सिँजा सभ्यता प्रवध्र्दन गर्न सभामुखको चासो

Ujyalosandeshonline 11768+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली भाषाको उद्गमस्थल सिँजा सभ्यताको संरक्षण र विकास गर्न सके पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित रारा म्युजिक अवार्ड तथा रारा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले नेपाली कलाले विकासक्रमका विभिन्न चरणहरु पार गरेको भन्दै अध्यात्ममा मात्र सीमित रहेको सिँजा उपत्यकाको विकासका पहल भइरहेको बताए । 

‘नेपाली भाषाको उद्गमस्थल जुम्ला जिल्लाको सिँजा उपत्यकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन खेलेको भूमिकाको म उच्च प्रसंसा गर्दछु । सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थलका रुपमा मानिन्छ ।’ सभामुख घिमिरेले भने, ‘सिँजाबाट जारी भएका तामपत्र, स्वर्णपत्र, शिलालेख, र भाषाको पहिलो अभिलेख फेला परेकोले यसलाई नेपाली भाषाको उत्पत्तिस्थलका रुपमा मानिँदै आएको छ । अध्यात्ममा मात्र सीमित रहेको सिँजा उपत्यकाको विकासका लागि लागिएको छ । सिँजा सभ्यताको संरक्षण एवं विकासका लागि संघीय संसदको टोलीले स्थलगत अवलोकन गरेको छ ।’

भाषा, साहित्य, संस्कृति, संगित र यसका प्रतिभाहरु पलायन भइरहेको भन्दै सभामुख घिमिरेले स्वदेशी कला र संस्कृतिले नेपाली पर्यटन प्रवद्र्धनमा वृद्धि हुने विश्वास विश्वास व्यक्त गरे । 

उनले भने, ‘मूर्तिकला, संगीत, चित्रकला, प्रस्तुतिकलालाई हाम्रा जात्राहरुले देखाएको छ । यसको उदाहरण हामी मिथिला कलामा आज पनि पाउन सक्दछौं । नेपाली कलाले यसको विकासक्रका विभिन्न चरणहरु पार गर्दै आएको छ । 

विश्वका विभिन्न कला र संस्कृतिमध्ये नेपाली संस्कृति र कलाको छुट्टै पहिचान छ । स्वदेशी कला र संस्कृतिले नेपाली पर्यटन प्रवद्र्धनमा वृद्धि हुने विश्वास लिएको छु ।’नेपाली कला र संस्कृतिलाई सीमित क्षेत्रमा मात्र नभई राष्ट्रिय रुपमा अगाडि बढाउन सबैले लाग्नुपर्ने घिमिरेको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार