मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ

Ujyalosandeshonline 12441+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपाल माथि अहिले पनि विदेशी हस्तक्षेप जारी रहेको बताएका छन् । नेकपा एमाले रामेछापको पाँचौँ पूर्णबैठकलाई शनिबार सम्बोधन गर्दै चौलगाईँले त्यही अन्तर्राष्ट्रिय गिरोहले केपी ओली बाहेकको एमाले र एमाले बाहेकको नेपाल बनाउने षडयन्त्र गरिरहेका चौलागाईँको दाबी छ । 

उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने  भनेको कुरा त्यही षडयन्त्रको परिणाम हो ।’ केपी ओलीलाई अहिले पार्टी अध्यक्षबाट हटाउनुपर्ने अन्य कुनै कारण नभएको उनले दाबी गरे । उनले भने, ‘चौतर्फी आक्रमण भएको बेला, सबै एक भएर घेराबन्दी गरेको बेला समेत पार्टीलाई पहिलो पार्टी नेतृत्वलाई बचाउने कुरा हो अहिले, राष्ट्रको अहित गरेको कारणले होइन । बाह्य हस्तक्षेत्रको विरोध गरेको कारण अहिले केपी ओलीको विरोध भएको हो । राष्ट्रिय हितको नेतृत्व गरेको नेतालाई हामीले बचाएर लैजानुपर्छ ।’ 

नेपालमाथि लगातार भारतीय हस्तक्षेप भएको बताउँदै चौलागाईँले त्यसको सशक्त प्रतिवाद गर्ने नेता केपी ओली नै भएको बताए । भारतको नाकाबन्दीको सामना गर्ने कुरा होस् वा चुच्चे नक्सा जारी गर्ने बेला होस् सबै मुद्दामा केपी ओली चट्टान जस्तै उभिएका उनले दाबी गरे । नेपालमा स्थिरता हुन नदिन, अस्थिरताको खेल खेलिरहन चाहने शक्तिले एमाले भित्र फुट र विभाजनको आगो लगाउने काम गरेका उनको भनाइ छ ।

अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधि पनि त्यसकै परिणाम भएको उनको दाबी छ । ‘हामी मिसन २०८४ भने अघि बढ्यौँ, एमाले एक भएर संगठनलाई सुदृढ गरेर गयो भने २०८४ मा स्पष्ट बहुमत ल्याउन सक्छ भन्ने ती शक्तिहरूले बुझेका छन्, त्यसैले यस्तो गतिविधि भएका हुन्, अझै २०८४ सम्म यस्ता धेरै गतिविधि हुन्छन्’, उनले भने । 

चौलागाईँले पार्टीको जरा केन्द्रित अभियानले राजनीतिक र सामाजिक स्थितिको जानकारी भएको बताउँदै उनले त्यही प्रतिवेदनको आधारमा पार्टीको कामलाई अघि बढाउनु पर्नेमा जोड दिए । पार्टीका तलका कमिटीलाई बलियो बनाउने कुरामा ध्यान दिनु पर्नेमा उनको जोड छ । ‘मुख्य केन्द्र पालिकालाई बनाउनु पर्छ, पालिकाले सक्षम नेतृत्व खोजेको छ’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार