मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

माघ पर्वमा मुख्यमन्त्री आचार्यको शुभकामनाः मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण

Ujyalosandeshonline 12612+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताउनु भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति जोगाउनु सबैको साझा कर्तब्य भएको उल्लेख गर्दै कला संस्कृतिलाई पर्यटन संग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताउनु भएको हो ।

‘हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त छ ।  त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरु हाम्रा मौलिक विशेषता हुन्’शुभकामना सन्देशमा भनिएको छ,‘लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक मूल्य, मान्यताहरुको संरक्षण, सम्बद्र्धन र प्रबर्धनको माध्यमबाट आर्थिक, सामाजिक विकासको परिकल्पना गरेको छ । मौलिककला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखेका छौं ।’ लुम्बिनी प्रदेश सरकारले माघ पर्वलाई लक्षित गरेर सार्वजनिक विदा समेत दिदै आएको छ । 

लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले माघे संक्रान्ति/माघ पर्व मनाउने चलन छ । यस पर्वको फरक विशेषता र महत्व रहेको छ । थारु समुदायले माघलाई महत्वपूर्ण चाड एवं नयाँबर्षका रुपमामनाउने गर्छन् भने मगर, यादव लगायतका समुदायले बिशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार