मुख्य समाचार
जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली | कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने | रसुवाका बाढीपीडितका लागि अर्घाखाँची सिमेन्टद्वारा एक करोड ११ लाख सहयोग | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ |

बाजुरामा पहिलो पटक महिला कमाण्डर: डीएसपी शैलेश्वरीले सम्हालिन् जिल्लाको सुरक्षा जिम्मेवारी

Ujyalosandeshonline 12193+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

बाजुरा । सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बाजुरामा पहिलो पटक महिला प्रहरी अधिकृतले सुरक्षा कमाण्डको नेतृत्व सम्हालेकी छन्। प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहरालाई बाजुराको नयाँ प्रहरी प्रमुखका रूपमा खटाएपछि उनले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेकी हुन् । यो सँगै बाजुराको इतिहासमा पहिलो पटक जिल्लाको समग्र सुरक्षा कमाण्ड महिला अधिकृतको काँधमा पुगेको छ।

नवनियुक्त डीएसपी बोहरा नेपाल प्रहरी संगठनभित्र एक व्यावसायिक, अनुशासित र परिणाममुखी अधिकृतका रूपमा परिचित छिन् । विशेषगरी जटिल अपराध अनुसन्धान र समन्वयात्मक कार्यशैलीमा उनको राम्रो दख्खल एवं अनुभव रहेको छ, जसले गर्दा बाजुराको शान्ति सुरक्षा थप सुदृढ हुने अपेक्षा गरिएको छ । सम्भवतः सुदूरपश्चिम प्रदेशकै इतिहासमा जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्ने उनी पहिलो महिला प्रहरी अधिकृत समेत बनेकी छन् ।

यसअघि बाजुरामा कार्यरत रहेका प्रहरी नायव उपरीक्षक इकबाल हवारीको जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरुवा भएपछि प्रधान कार्यालयले बोहरालाई बाजुराको कमाण्ड सुम्पेको हो । जिल्ला भित्रिएसँगै डीएसपी बोहराले स्थानीय प्रशासन, नागरिक समाज र सरोकारवालाहरूसँग समन्वय गर्दै जिल्लाको शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्नु आफ्नो मुख्य प्राथमिकता हुने संकेत गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार