मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |
मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |


छोटो कार्यकालमै ऐतिहासिक सफलता : एसपी क्षेत्रीको नेतृत्वमा १५ करोड बढीको अवैध सामान बरामद

विवेक विश्वकर्मा 26+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

भैरहवा । रुपन्देही जिल्लाको शान्ति सुरक्षालाई नयाँ उचाइमा पु¥याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्री सरुवा हुनुभएको छ । सीमावर्ती जिल्ला, तस्करीको ट्रान्जिट र संगठित अपराधको जोखिमपूर्ण क्षेत्र मानिने रुपन्देहीमा एसपी क्षेत्रीले आफ्नो छोटो कार्यकालमा नै शान्ति सुरक्षा, अपराध अनुसन्धान र राजस्व चुहावट नियन्त्रणमा लोभलाग्दो सफलता हासिल गरेका थिए । तस्करीको सञ्जाल तोड्नेदेखि जघन्य अपराधका घटनाहरूको सफल अनुसन्धानसम्म उहाँको नेतृत्व अब्बल साबित भएको थियो ।

एसपी क्षेत्रीको कार्यकालको सबैभन्दा चर्चाको विषय उहाँको ‘अन्डरकभर’ कार्यशैली रह्यो । उनी प्रायः साँझपख सर्वसाधारणको भेषमा, कहिले गम्छा बाँधेर त कहिले सामान्य कुर्ता लगाएर मोटरसाइकलमा सीमानाका र गाउँबस्ती पुग्थे । प्रहरी प्रमुख नै यसरी छड्के अनुगमनमा निस्किँदा मातहतका प्रहरी युनिट सधैं सतर्क मात्र भएनन्, संगठनभित्र हुने आर्थिक चलखेल र वर्षौंदेखि जरा गाडेर बसेको ‘घुमुवा’ आतङ्क समेत निस्तेज भयो । कुनै बेला इन्चार्ज बन्न तँछाडमछाड हुने सीमावर्ती चौकीहरूमा एसपी क्षेत्रीको कडा निगरानी र कारबाहीको डरले प्रहरी कर्मचारीहरू जान हच्किने वातावरण सिर्जना भयो, जसको प्रत्यक्ष लाभ जिल्लाको शान्ति सुरक्षामा देखियो ।

तथ्यांकले पनि एसपी क्षेत्रीको सफलताको गवाही दिन्छ । चालु आर्थिक वर्षको बैशाखदेखि पौष मसान्तसम्मको विवरण हेर्दा भन्सार छली र अवैध चोरी पैठारी नियन्त्रणतर्फ प्रहरीले ऐतिहासिक सफलता हात पारेको छ । यस अवधिमा भन्सार छलीका १५ करोड ६४ लाख ४९ हजारभन्दा बढी मूल्य बराबरका अवैध सामान बरामद गरिएको छ । श्रावणदेखि पौषसम्म मात्रै ९ करोड ६६ लाखभन्दा बढीको अवैध सामानसहित सयौं मोटरसाइकल, ट्रक, पिकअप र मानिसहरू नियन्त्रणमा लिइएको छ । यसैगरी, नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न पनि प्रहरीले शून्य सहनशीलता अपनायो । बैशाखदेखि पौषसम्मको अवधिमा अवैध उत्खनन् गर्ने ६३ वटा टिप्पर, ट्याक्टर र जेसिबी नियन्त्रणमा लिई २८ लाख ५४ हजारभन्दा बढी राजस्व संकलन गरिएको छ ।

संगठित र जघन्य अपराधको अनुसन्धानमा पनि रुपन्देही प्रहरीले यस अवधिमा ठूलो फड्को मारेको देखिन्छ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विदेश पठाउने गिरोहका नाइके र ‘कलेज कोच नेपाल’का सञ्चालकदेखि लिएर विभिन्न विश्वविद्यालयका नक्कली होलोग्राम, स्ट्याम्प र सर्टिफिकेट बनाउने अन्तर्राष्ट्रिय गिरोहलाई कानुनी दायरामा ल्याउन प्रहरी सफल भयो । त्यस्तै, गोर्खाज फाइनान्स लिमिटेडमा कमसल सुन धितो राखेर करोडौं ठगी गर्ने बैंकिङ कसुरको जालो तोड्दै प्रहरीले मुख्य अभियुक्तहरूलाई पक्राउ गरी कारागार चलान गराएको छ ।

शान्ति सुरक्षामा चुनौती थप्ने हत्या, लुटपाट र हिंसात्मक घटनाहरूमा पनि प्रहरीले तदारुकताका साथ काम गरेको पाइयो । बुटवल र मायादेवी क्षेत्रमा भएका बीभत्स हत्याकाण्डका अभियुक्तहरू, सरकारी छाप कीर्ते गर्ने मालपोतका कर्मचारीहरू र सुनचाँदी पसल लुटपाटमा संलग्न भारतीय हतियारधारी समूहलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याइएको छ । विशेषगरी, लुम्बिनी क्षेत्रमा १४ वर्षीया नाबालिका र उनकी आमालाई बन्धक बनाई जबरजस्ती करणी र लुटपाट गर्ने कुख्यात भारतीय अपराधी रमजान खानको गिरोहलाई पक्राउ गर्नु एसपी क्षेत्रीको कार्यकालको अर्को ठूलो उपलब्धि रह्यो ।

अदालतको फैसला कार्यान्वयनमा पनि रुपन्देही प्रहरीको सक्रियता उदाहरणीय देखियो । बैशाखदेखि पौषसम्मको अवधिमा मात्रै ६१९ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । उनीहरूबाट ४ करोड ८१ लाखभन्दा बढी जरिवाना असुल हुनुका साथै २०१ वर्षभन्दा बढीको कैद भुक्तानका लागि कारागार पठाइएको छ । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड नियन्त्रणदेखि सीमावर्ती अपराध नियन्त्रणमा एसपी क्षेत्रीले देखाएको कमाण्डिङ भूमिकाको सर्वत्र प्रशंसा भएको थियो ।

आफ्नो कार्यकालमा करोडौं राजस्व संकलन, सीमामा तस्करी गतिविधि शून्य, बिचौलियाको अन्त्य र संगठनभित्रको शुद्धीकरण अभियान चलाएवापत एसपी क्षेत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दुई–दुई पटक पुरस्कृत समेत गरेको थियो । यद्यपि, सुरक्षा व्यवस्थापन मजबुत बन्दै गएको र अपराधीहरूको सातो गएको अवस्थामा नेतृत्व परिवर्तन हुँदा त्यसको असर जिल्लाको सुरक्षामा पर्न सक्ने चिन्ता स्थानीय र सुरक्षा विश्लेषकहरूले व्यक्त गरेका छन् । तस्करी र अपराधको जालो तोडेर रुपन्देहीमा ‘सिस्टम’ बसाल्दै गरेका एसपी क्षेत्रीको सरुवालाई जिल्लावासीले एक कुशल कमाण्डरको बहिर्गमनका रूपमा लिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार