मुख्य समाचार
गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म | लोमान्थाङमा यार्तुङ पर्वको रौनक | सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी | मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान | कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ | कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने |

लेबनानबाट नेपाली फिर्ता गराउन ट्रेड युनियन कांग्रेसको माग

Ujyalosandeshonline 12075+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले लेबनानबाट नेपाली नागरिकहरुलाई देश फर्काउन पहल नगरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । लेबनानमा आप्रवासी श्रमिकका रुपमा कार्यरत हजारौं नेपालीहरुलाई गम्भीर संकट सिर्जना नहुँदै तत्काल स्वदेश फर्काउनका लागि आवश्यक पहल गर्न नेपाल सरकार समक्ष महासंघले अपील गरेको छ ।

साथै, इजरायलको इरान, प्यालेस्टाइनसँग विद्यमान द्वन्द्वरत अवस्थामा समेत नेपाल सरकारबाट इजरायलमा पछिल्लो समय दुई हजार नेपाली कामदार पठाउने निर्णय अपरिपक्व एवं अमानवीय रहेको समेत महासंघको ठहर छ । तसर्थ, लेबनानमा कार्यरत नेपालीहरुलाई सुरक्षित उद्धार र द्वन्द्वरत इजरायलमा तत्काल नेपाली कामदार पठाउने कार्य रोक्न नेपाल सरकार समक्ष नेपाल ट्रेड युनियन काँग्रेस माग पनि राखेको छ । 

प्यालेस्टिनी विद्रोही समूहसँग युद्ध गरिरहेको इजरायलमा थप नेपाली केयर गिभर पठाउन वैदेशिक रोजगार विभागले यस अघि नै प्रक्रिया अगाडि बढाएको थियो । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत नै केयर गिभर छनोट गरी पठाउने प्रक्रिया अगाडि बढाइएको हो ।

इजरायलले २०२२ को अगस्टदेखि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा केयर गिभर लैजान थालेको हो । उता, लेबनान मामिला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकको विवरण संकलन गर्दै सतर्कता तथा सचेतना अपनाउन आग्रह गरेपनि स्वदेश फर्काउने प्रक्रिया अगाडि बढाएको छैन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार