मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

पूर्व सांसद यादवले मर्चवारका किसानलाई कुदालो बाँडे, नहर सफाईमा व्यक्तिगत जेसीभी दिने घोषणा

जैसमोहम्मद खान 76+ समाचार ( )
२८ कार्तिक २०८२, शुक्रबार

मर्चवार । रुपन्देहीको मर्चवार लिफ्ट सिँचाइको ३१औँ वार्षिक साधारण सभामा पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले किसानहरूलाई कुदालो वितरण गर्नुभएको छ । यादवले १ सय ३१ ब्लकका अध्यक्षहरूलाई सिँचाइ सुधारका लागि आफ्नो व्यक्तिगत लगानीमा कुदालो हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले नहर सफाइका लागि आफ्नो व्यक्तिगत जेसीभी निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। जेसीभीको इन्धन खर्च मात्र आयोजनाले बेहोर्ने गरी नहर सफाइलाई प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभयो। मुख्य नहरबाट विभिन्न ब्लकमा जाने कुलो–नाला सफा गर्न र मर्मतका लागि पनि कुदालो वितरण गरिएको यादवले उल्लेख गर्नुभयो।

नयाँ डिपिआर अनुसार संरचना निर्माणका लागि आवश्यक समन्वय र सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउँदै यादवले आगामी दिनमा पनि किसान र सिँचाइ सुधारमा आफ्नो साथ र सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार