मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

युद्धको मारमा खेलाडी : रुस र बेलारुस ओलम्पिकको उद्घाटन प्रदर्शनबाट वञ्चित

Ujyalosandeshonline 12614+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकूदमा युद्धको प्रभाव कस्तो हुन्छ भन्ने कुरा विश्व ओलम्पिकमा प्रस्टसँग देखिएको छ । फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने विश्व ओलम्पिकको उद्घाटन समारोहमा रुस र बेलारूसका खेलाडीले प्रत्यक्ष सहभागिताको अवसर गुमाउनेछन् । उनीहरु दर्शकदीर्घामा बसेर बाँकी विश्वका खेलाडीको प्रदर्शन टुलुटुलु हेर्न विवश हुनेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले रुस र बेलारुसका खेलाडीहरुलाई उद्घाटनको परम्परागत परेडमा भाग लिन अनुमति नदिने भनेर हिजो मंगलबार निर्णय गरेको छ ।

पेरिस ओलम्पिक आगामी जुलाई २६मा सुरु हुनेछ । 

त्यसकै उद्घाटन समारोहमा हजारौं खेलाडीहरूले स्टेडियम भित्र हुने राष्ट्रिय टिमहरुको सामान्य परेडको सट्टा एफिल टावर तर्फ धेरै माइल (किलोमिटर) सम्म सेइन नदीमा नौका विचरण गर्नेछन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनुसार, रूस र बेलारुसका खेलाडीहरूले तटस्थ रूपमा ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमतिमात्र पाएका छन् । उनीहरुलाई उद्घाटनको महत्वपूर्ण प्रदर्शनीमा प्रत्यक्ष सहभागी हुन अनुमति दिईएको छैन । 

युक्रेनमा जारी युद्धका कारण रुस र बेलारुसलाई ओलम्पिक खेलकुदमा प्रतिबन्ध लगाइएको छ र आईओसीले ती देशका व्यक्तिगत खेलाडीहरूलाई तटस्थ रुपमा भाग लिन पनि दुई चरणको परीक्षणको प्रावधान राखेको छ । ती खेलाडीहरूलाई पहिले उनीहरूको व्यक्तिगत खेलको परिक्षण र आईओसीको प्यानलको अनुमोदन आवश्यक पर्ने  भनिएको छ ।

तटस्थ एथलीटहरूले युक्रेनको आक्रमणलाई सार्वजनिक रूपमा समर्थन गरेको वा सैन्य वा राज्य सुरक्षा एजेन्सीहरूसँग सम्बद्ध हुनु नहुने आईओसीको शर्त छ । 

आईओसीले मङ्गलबार पेरिस खेलकुदका लागि रुसी राहदानी भएका ३६ तटस्थ खेलाडी र बेलारूसी राहदानी भएका २२ जनाले पेरिस खेलकुदका लागि योग्य हुने अपेक्षा गरेको छ ।

ती खेलाडीहरूलाई अगस्ट ११ को समापन समारोहमा भाग लिन दिइने वा नदिने भन्ने निर्णय पछिल्लो चरणमा निर्णय लिइने आईओसीले जानकारी दिएको छ ।तर ती तटस्थ खेलाडीहरूले जितेका कुनै पनि पदकलाई समग्र पदक तालिकामा सामूहिक रूपमा गणना नगरिने भएको छ ।

ओलम्पिक नेताहरू र रूसी खेलहरू बीचको तनावको अर्को स्रोतमा, आईओसीले मंगलबार निर्णय ग¥यो कि क्रेमलिन–समर्थित उमर क्रेमलेभको नेतृत्वमा अन्तर्राष्ट्रिय बक्सिङ संघ २०२८ लस एन्जलस ओलम्पिकको लागि बाउटहरू आयोजना गर्न संलग्न हुनेछैन ।

आईओसीले लस एन्जलस कार्यक्रमबाट बक्सिङ हटाउने धम्की पनि दियो जुन विश्वव्यापी राष्ट्रिय महासंघहरूलाई आईबीए र क्रेमलेभबाट टाढा राख्न चुनौती जस्तो देखिने बताईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार