मुख्य समाचार
जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली | कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने | रसुवाका बाढीपीडितका लागि अर्घाखाँची सिमेन्टद्वारा एक करोड ११ लाख सहयोग | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ |

प्यूठान–रोल्पामा विद्युत आपूर्ति अवरुद्ध भएपछि मुख्यमन्त्री आचार्यद्वारा तत्काल सुचारु गर्न ध्यानकर्षण

Ujyalosandeshonline 12193+ समाचार ( )
१२ जेठ २०८३, मङ्गलबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले प्यूठान र रोल्पा जिल्लामा दुई दिनदेखि विद्युत आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सुचारु गर्न नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराउनुभएको छ । झिमरुक उत्पादन केन्द्रको पावर हाउसमा ट्रान्सफर्मर बिग्रिएपछि प्यूठान र रोल्पामा विद्युत सेवा बन्द भएको हो ।

विद्युत अवरुद्ध हुँदा खानेपानी, स्वास्थ्य तथा बैंकिङ लगायतका सेवा समेत प्रभावित बनेका छन् । मुख्यमन्त्री आचार्यले नेपाल विद्युत प्राधिकरण बुटवल प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवसँग छलफल गर्दै समस्या समाधानमा तत्काल सक्रिय हुन आग्रह गर्नुभएको हो ।

‘विद्युत नहुँदा जनजीवन प्रभावित छ । यो समस्या हल गर्न तत्काल ध्यान दिनुपर्ने देखियो,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ,‘खानेपानी, स्वास्थ्य र बैंकिङ क्षेत्रमा ठूलो असर परेको छ ।’ प्रमुख यादवले आफु फिल्डमै रहेको र आज बेलुकासम्म वैकल्पिक उपायमार्फत विद्युत सेवा सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी मुख्यमन्त्रीलाई दिनुभएको थियो । साथै झिमरुक पावर हाउसमा मर्मत कार्यसमेत तीव्र रुपमा अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार