मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी

Ujyalosandeshonline 12537+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युबारे सत्यतथ्य छानविनका लागि उनको परिवारले माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक मुकेशका आफन्तहरुले घटनाको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु भएकोमा शंका रहेको बताएका हुन् । 

गत भदौ ९ गते विहान मुकेश बर्दिबास–१२ स्थित सडक छेउमा मृत फेला परेका थिए ।  मृतकका परिवारले बताएअनुसार उनी स्थानीय शिक्षक सन्दीप झाले बोलाएपछि बर्दिबास गएका थिए । मुकेश बर्दिबास पुगेपछि सन्दीप, दिलिकुमार मण्डल र दुईजना केटीहरुले राजु होटलमा खाजा खाएको पाइएको उनले बताए । 

राजु होटलका सञ्चालको भनाइ उद्धृत गर्दै मृतक मुकेशका आफन्तले बताएअनुसार उनलाई सन्दीप, दिलिपलगायतले रातको ८ः३० बजे गौरीडाँडाको होटलमा जाने कर गरेका थिए । उनीहरुले कर गर्दा पनि मुकेश जान नमानेको बताइएको छ । 

मृतक मुकेशका दाजु सतनप्रसाद यादवले उक्त घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले गर्नुपर्ने बताए । उनले घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा मुकेशको मृत्य भएको विश्वास गर्न नसकिने बताए । उनले स्थानीय प्रहरी प्रशासनले पनि यस घटनालाई गम्भीरतापूर्वक नलिएको बताए । 

‘उक्त घटना भएर पोस्टमार्टमका लागि शव काठमाडौं लगिएपछि अर्को दिन सन्दीप झालाई प्रहरीले सामान्य सोधपुछ गरेर सोधेको छ । मुकेशसँग सम्पर्कमा रहेका व्यक्तिहरुको गम्भीरतापूर्वक छानविन गरेमा सत्यतथ्य पत्ता लाग्छ । प्रहरी प्रशासन यसमा गम्भीर नभएको आशंका छ । यस्तो अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोको यो घटनाप्रति ध्यानाकार्षण होस्,’उनले भने ।  

महोत्तरीको साम्सी गाउँपालिका–१ का वडा अध्यक्ष एवं नेपाली कांग्रेसका नगर सभापति विपिन विहारी यदुवीरले मृतक मुकेशको हत्यारा पत्ता लगाउन राज्यले आनाकानी गरेको बताए ।

मृतक मुकेशको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन दवाब दिन आफूहरुले महोत्तरी जिल्लाभरका वडाध्यक्षहरुको समिति नै बनाएको बताए । राजनीतिक इन्ट्रेस्ट र लेनदेनको विषयमा मुकेशको हत्या भएको उनले दाबी गरे । 

‘हाम्रो पनि विवेकले ठम्याएको छ– मुकेशको निर्ममतापूर्वक हत्या गरिएको छ । हामीले १५ गते शनिबार वडाअध्यक्षहरुको बैठक हुँदा यो हत्या नै हो भन्ने निश्कर्ष निकालेका छौं,’उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार